चाडवाड नजिकिँदै गर्दा सडक मर्मत र सरसफाई सुरु « Khabarhub

चाडवाड नजिकिँदै गर्दा सडक मर्मत र सरसफाई सुरु


८ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

खोटाङ– चाडवाड नजिकिँदै गर्दा खोटाङको ऐसेलुखर्क गाउँपालिकाले सडक मर्मत तथा सरसफाइ सुरु गरेको छ । आसन्न दशैं तिहार र छठलाई मध्यनजर गर्दै गाउँपालिकाले विशेषगरी दिक्तेल र काठमाडौं ओहोर-दोहार गर्ने सडक मर्मत तथा सरसफाइ सुरु गरेको हो । खाद्यान्न ढुवानी, एम्बूलेन्स सञ्चालन एबं चाडवाडका समयमा सहज आवत-जावतको व्यवस्थाका लागि सडक मर्मत तथा सरसफाइ सुरु गरिएको ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष गिरेन्द्रबहादुर राईले बताए ।

 गाउँपालिकाले वर्षा याममा सडकमा खसेको पहिरो, ढुंगा माटो पन्छाउन सुरु गरेको हो । गाउँपालिका जोड्ने प्रमुख सडक सँगै गाउँपालिकाका ७ वडा जोड्ने सडक पनि मर्मत भइरहेको छ । कतिपय ठाउँमा जेसिभि पठाए र कतिपय ठाउँमा गाउँ प्रहरी परिचालन गरेर सडक मर्मत भइरहेको छ । स्वयं गाउँपालिका अध्यक्ष राई पनि सडक मर्मतमा खटिने गरेका छन् । ‘चाडवाड नजिकिएसँगै शहरबाट गाउँ फर्कने क्रम बाक्लिै गएको छ । 

पालिकाबासी आफ्नो घरसम्म सहज रुपमा यात्रा गर्न सकुन्,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘दुःखबिमार भएको बेला सहज रुपमा एम्बुलेन्सको आज-जावत होस् भन्ने लक्ष्यका साथ सडक मर्मत सुरु गरिएको हो ।’ 

गाउँपालिकामा वर्षाको भलपानी र पहिरोका कारण सबै सडक अवरुद्ध छ । सडक अवरुद्ध हुँदा सबैभन्दा बढी एम्बुलेन्स सञ्चालनमा कठिनाइ भइरहेको छ । 

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  १ : २० बजे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर

पर्यटक र तीर्थयात्रीको सहजताका लागि शिवधारा क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिकाअन्तर्गत मकालु आधार शिविर तथा धार्मिकस्थल

अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत

सान फ्रान्सिस्को – भिडियो सेयरिङ प्लेटफर्म टिकटकले सङ्घीय बालबालिकाको गोपनीयतासम्बन्धी

गरिमाका बाबुआमासँग गृहमन्त्रीको वार्ता सुरु

काठमाडौं- गृहमन्त्री सुधन गुरुङ र गरिमा चौधरीको बुवाआमाबीच वार्ता सुरु