धोबीखोला करिडोरका अवैध संरचना हटाउन मन्त्री चौधरीको आग्रह « Khabarhub

धोबीखोला करिडोरका अवैध संरचना हटाउन मन्त्री चौधरीको आग्रह


८ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शहरी विकासमन्त्री मेटमणि चौधरीले धोबीखोला करिडोरमा सडकको मापदण्ड मिचेर बनाइएका संरचना हटाउन आग्रह गरेका छन् । शनिबार धोबीखोला करिडोरको स्थलगत अनुगमन गर्दै मन्त्री चौधरीले धोबीखोला करिडोरको केही स्थानमा मात्रै सडकको मापदण्ड मिचेर संरचना बनाएको पाइएको भन्दै मापदण्ड मिचेर बनाइएका संरचना हटाउन आग्रह गरेका हुन् ।

अनुगमनका क्रममा उनले सडक छेउमा रहेका आवतजावतलाई कठिनाइ हुने गरि पार्किङ नगर्न पनि आग्रह गरेका थिए । उनले धोबीखोला करिडोरको फुटपाथमा रहेका बिधुत प्राधिकरणको भूमिगत तारको बक्सहरूको कारण आवतजावतमा कठिनाइ भएको पाइएकाले यस विषयमा प्राधिकरणसँग छलफल गर्ने बताए ।

त्यस्तै काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकालले केही समय अघि सडकमा रहेका निर्माण सामाग्री हटाइएपछि अहिलेको अवस्था बुझ्न अनुगमन गरिएको बताए ।

ढकालले धोबीखोला करिडोरको स्तरोन्नतिको काम भइरहेको जानकारी दिए । उनले धोबीखोला करिडोरमा नियमित अनुगमन गरि व्यवस्थीत गर्ने कामलाई जारी राख्ने बताए ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  १ : ४३ बजे

जन्मिदै जालझेल झेलेको कांग्रेस

राजाले संसदीय चुनाव गराउन अलमल गरेपछि बीपी कोइरालालार्ई लाग्यो- राजाको

चितवनका ६ चोकमा ट्राफिक लाइट जडान गरिँदै (तस्बिर)

चितवन– चितवनको मुख्य सहर भरतपुरभित्रका ६ वटा व्यस्त चोकमा सवारी

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका

पहिरोले अवरुद्ध चितवनको चेपाङ मार्ग आंशिक सञ्चालन

चितवन– पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता