धोबीखोला करिडोरका अवैध संरचना हटाउन मन्त्री चौधरीको आग्रह « Khabarhub

धोबीखोला करिडोरका अवैध संरचना हटाउन मन्त्री चौधरीको आग्रह


८ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शहरी विकासमन्त्री मेटमणि चौधरीले धोबीखोला करिडोरमा सडकको मापदण्ड मिचेर बनाइएका संरचना हटाउन आग्रह गरेका छन् । शनिबार धोबीखोला करिडोरको स्थलगत अनुगमन गर्दै मन्त्री चौधरीले धोबीखोला करिडोरको केही स्थानमा मात्रै सडकको मापदण्ड मिचेर संरचना बनाएको पाइएको भन्दै मापदण्ड मिचेर बनाइएका संरचना हटाउन आग्रह गरेका हुन् ।

अनुगमनका क्रममा उनले सडक छेउमा रहेका आवतजावतलाई कठिनाइ हुने गरि पार्किङ नगर्न पनि आग्रह गरेका थिए । उनले धोबीखोला करिडोरको फुटपाथमा रहेका बिधुत प्राधिकरणको भूमिगत तारको बक्सहरूको कारण आवतजावतमा कठिनाइ भएको पाइएकाले यस विषयमा प्राधिकरणसँग छलफल गर्ने बताए ।

त्यस्तै काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकालले केही समय अघि सडकमा रहेका निर्माण सामाग्री हटाइएपछि अहिलेको अवस्था बुझ्न अनुगमन गरिएको बताए ।

ढकालले धोबीखोला करिडोरको स्तरोन्नतिको काम भइरहेको जानकारी दिए । उनले धोबीखोला करिडोरमा नियमित अनुगमन गरि व्यवस्थीत गर्ने कामलाई जारी राख्ने बताए ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  १ : ४३ बजे

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

पूर्णबहादुर खड्काले भने : नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारीबारेका हल्ला निराधार हुन्

काठमाडौं – शेरबहादुर देउवा पक्षीय कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले

झापा–५ मा ओली र बालेन भिड्ने पक्का

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका लागि आफ्ना उम्मेदवार तय गरेको