सहयोगका भरमा चलेका वृद्धाश्रम, सञ्चालन गर्नै समस्या   | Khabarhub Khabarhub

सहयोगका भरमा चलेका वृद्धाश्रम, सञ्चालन गर्नै समस्या  


८ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

डुम्रे– बेवारिसे तथा आफन्त नभएका ज्येष्ठ नागरिकका लागि वृद्धाश्रम आश्रयस्थल बनेको छ । वृद्धाश्रम सञ्चालन गर्न भने समस्या छ । तनहुँमा देवघाटधाम वृद्धाश्रमबाहेक अन्य दुई वटा वृद्धाश्रम छन् । जिल्लामा सञ्चालित आश्रम व्यक्तिगत सहयोगका भरमा चलेका छन् । 

तनहुँको व्यास नगरपालिका-५ चापाघाटमा महिलाद्वारा सञ्चालित वेदव्यास ज्येष्ठ नागरिक आश्रम र व्यास-५ बेनीपाटनस्थित राष्ट्रिय परोपकार महासङ्घ नेपालद्वारा सञ्चालित ज्येष्ठ नागरिक चौतारी वृद्धाश्रम सञ्चालित छन् । यी आश्रमले श्रीमदभागवत महायज्ञ लगाएर भवन निर्माण गरी ज्येष्ठ नागरिकका लागि आश्रयस्थल निर्माण गरिएको हो । ज्येष्ठ नागरिकलाई आवासको व्यवस्था भए पनि आश्रमको दैनिक सञ्चालनमा भने समस्या रहेको आश्रम सञ्चालक समिति बताउँछन् । यी दुवै आश्रम व्यक्तिगत सहयोगका भरमा सञ्चालन भइरहेका छन् । 

केहीले जन्मदिन, बाबुआमाको सम्झना लगायतका अवसरमा आश्रममा गरिएको सहयोगले आश्रम सञ्चालन भएको वेदव्यास ज्येष्ठ नागरिक आश्रमका सचिव निर्मला मल्लले बताए । महिलाद्वारा सञ्चालित आश्रमका लागि गण्डकी प्रदेशसभा सदस्य सरिता गुरुङमार्फत प्राप्त बजेटबाट भवन निर्माण गरिएको बताए ।

विसं २०७० बाट सञ्चालनमा आएको वेदव्यास आश्रममा हाल छ जना ज्येष्ठ नागरिकले आश्रय लिइरहेको उनले बताए । ‘आश्रमको भवन बनाइको छ । तर अझै ज्येष्ठ नागरिकका लागि आवश्यक सेवासुविधायुक्त बनाउन सकेका छैनौँ’, उनले भने, ‘सहयोगदाताको सहयोग पाएमा अझै सहज बनाउने लक्ष्य लिएका छौँ ।’

घरबारविहीन भएका ज्येष्ठ नागरिकका लागि आश्रयस्थल बनाउनुपर्छ भन्ने उद्देश्यले राष्ट्रिय परोपकार महासङ्घ नेपालका संस्थापक अध्यक्ष गुरुदेव भागवत भाष्कर श्री कमलनयन गौतमको परिकल्पमा परोपकार आश्रम निर्माण गरिएको महासङ्घ नेपालका जिल्ला अध्यक्ष तारानाथ घिमिरेले जानकारी दिए । 

उनका अनुसार विसं २०६८ मङ्सिर १० गतेदेखि परोपकार ज्येष्ठ नागरिक चौतारी वृद्धाश्रम सञ्चालनमा आएको हो । विसं २०७१ कात्तिक ११ देखि १८ गतेसम्म श्रीमद् भागवत महायज्ञ लगाएर आश्रम भवन निर्माणको खर्च व्यवस्थापन गरिएको उनले बताए । उहाँका अनुसार आश्रममा कामदार दुई जनासहित १० जना ज्येष्ठ नागरिकले आश्रय लिइरहेका छन् । 

यस आश्रमको भवन विस्तार तथा व्यवस्थापनका लागि विसं २०७६ असार २८ गते व्यास नगरपालिकाबाट पाँच लाख, गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयमार्फत आव २०७५-७६ मा रु दुई लाख ५० हजार सहयोग प्राप्त भएको जानकारी दिए । त्यस्तै तनहुँ जलविद्युत् परियोजनामार्फत आव २०७७-७८ मा सात लाख र पूर्वाधार कार्यक्रमअन्तर्गत गण्डकी प्रदेशबाट १० लाख सहयोग प्राप्त भएको छ । 

घरमा एक्लै भएको महसुस भएर आश्रममा आश्रय लिन आइपुगेका व्यास नगरपालिका-११ तनहुँसुर धरमपानीकी विमला भट्टराईले भने, ‘यहाँ सबै उस्तैउस्तै छौँ गफ मिल्छ । भजन गाउँछौँ, नाच्छौँ । यहाँ बस्दा खुसी लाग्छ ।’ आफ्ना दुई छोरीले आश्रममा नबस्न आग्रह गर्दा पनि यही रमाइलो लागेर आएको उनी बताउँछन्।

वैदेशिक रोजगारमा पुगेका युवाबाट समेत यहाँका आश्रमलाई सहयोग प्राप्त हुने गरेको छ । वृद्धावस्थामा आश्रयस्थल बनेको वृद्धाश्रममा हुने यस्ता समस्या समाधान गर्नका लागि स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको हातेमालोको आवश्यकता रहेको छ ।

–मिला दरै रासस

 

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  १ : ५३ बजे

बाहिरियो रवि हिरासतमा सुतेको तस्बिर, रास्वपा नेताले उठाए प्रश्न

काठमाडौं – प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का

एकीकृत समाजवादीमा झलनाथलाई रोजेकै विभाग, विद्यार्थीको जिम्मा झाँक्रीलाई

काठमाडाैं – नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय नेताहरूको जिम्मेवारी तोकेको छ

एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने

भक्तपुर – यस वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा अर्थात्

आपराधिक घटनामा वृद्धि : दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ

काठमाडौं – नेपाल प्रहरीको तथ्याङ्कले आपराधिक घटना न्यूनीकरण हुन नसकेको

पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र अघि सर्नुपर्छ : मन्त्री पाण्डे

काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन