बूढानीलकण्ठका सात स्थानमा ‘होमस्टे’ सञ्चालन  « Khabarhub

बूढानीलकण्ठका सात स्थानमा ‘होमस्टे’ सञ्चालन 


८ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बूढानीलकण्ठ नगरपालिकाका विभिन्न सात स्थानमा ‘होमस्टे’ (घरबास सेवा) सञ्चालन गरिने भएको छ । आन्तरिक तथा बाह्य पर्यटक लोभ्याउन  आकर्षण गर्न सम्भावित सात स्थानमा ‘होमस्टे’ सञ्चालन गर्ने नगरपालिकाले नीति लिएको हो ।

नगरले चालु आव २०७९-८० को नीति तथा कार्यक्रममा नगभित्रका वडा नं १ तौलुङ, ३ ठूलोगाउँ, ५ स्थित डाँडागाउँ, चिसिनी, लिपिकोट, ११ जगडोल र वडा नं १३ मा रहेको चुनिखेललगायतका ठाउँमा ‘होमस्टे’ सञ्चालनका लागि स्थानीयलाई प्रोत्साहन गरिने उल्लेख छ ।

नगरपालिकाभित्र आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन र व्यवसाय प्रवर्द्धनमा टेवा पुर्‍याउन नगरले ‘होमस्टे’ सञ्चालनको योजना ल्याइएको नगर प्रमुख मीठाराम अधिकारीले बताए । उनले भने, ‘होमस्टे सेवा नगरभित्रका केही ठाउँमा सञ्चालनमा आएका छन् उहाँहरुलाई प्रोत्साहन गर्न र अन्य नयाँ स्थानमा सञ्चालन गरेर पर्यटक भित्र्याउन योजना अगाडि बढाएका हौँ ।’

बूढानीलकण्ठ सहरदेखि गाउँसम्म फैलिएको स्थानीय तह हो । यहाँका कतिपय ग्रामीण बस्तीमा ‘अर्गानिक’ उत्पादन पाइन्छ । ‘अर्गानिक’ परिकारको स्वादमा रम्ने र सहर नजिकैका गाउँघर घुम्नेको सङ्ख्या बढेको बुनपा-५ का वडासदस्य हेप्सिवा तामाङको भनाइ छ । नगरले ‘अर्गानिक’ को योजना अघि सार्दा यहाँ व्यवसाय सञ्चालन गर्ने व्यवसायी  उत्साहित बनेका छन् ।

नगर उपप्रमुख अनिता लामाले सञ्चालनमा रहेका विभिन्न व्यवसाय प्रवर्द्धन गर्नका लागि योजना अघि सारिएको बताए । उनले भने, ‘नगरभित्रका विभिन्न पर्यटकीयस्थलको प्रचार गर्न र रोजगारीको अवसर नगरभित्रै जुटाउन हामीले ‘होमस्टे’ अभियान अगाडि सारेका हौँ । होमस्टे सञ्चालनमा आएपछि स्थानीयको आम्दानीमा थप सहयोग पुग्ने हामीले विश्वास लिएका छौँ ।’

डाँडागाउँ तथा चिसिनीलगायतका ‘होमस्टे’ पुगेपछि त्यहाँको चिसो मौसमसँगै काठमाडौँको मनोरम दृष्यावलोकन गर्न सकिन्छ । काठमाडौँको सुन्दरता हेर्दै सफा वातावरणमा विभिन्न लोकल खानेकुरासमेत पाइने हुँदा पर्यटकको आकर्षण बढ्न थालेको डाँडागाउँका ‘होमस्टे’ व्यवस्थापक दोर्जे तामाङको भनाइ छ ।

स्थानीयले सञ्चालन गर्ने ‘होमस्टे’ सेवा प्रवर्द्धनका लागि नगरपालिकालेसमेत योजना ल्याएपछि व्यवसायी उत्साहित भएका छन् । नगरले यस अभियान थालनी गर्ने भएपछि व्यवसायमा थप आम्दानी हुने विश्वास रहेको बूढानीलकण्ठ-५ डाँडागाउँमा होमस्टे सञ्चालन गर्दै आएकी देवकी तामाङ बताउँछन् ।

सहरभित्रका ग्रामीण क्षेत्र भ्रमणमा जाने पर्यटकका लागि स्थानीय खाना परिकार, रहनसहनसहित घरघरमा खाने, बस्ने व्यवस्था ‘होमस्टे’ हो । यसलाई परम्परागत संस्कृतिको आधुनिक रूप पनि मान्न सकिन्छ ।

 

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  १ : ५९ बजे

खोलामा पुल बन्यो, जाने बाटो छैन

दार्चुला– दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ हुनैनाथस्थित ओजिगाड खोलामा झोलुङ्गे पुल प्रयोगविहीन

एसियन गेम्स : बंगलादेशलाई पराजित गर्दै पाकिस्तान फाइनलमा

काठमाडाैँ – पाकिस्तान एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा

स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले सहिद दशरथ चन्द स्वास्थ्य

बनेपा र धुलिखेलमा सुपथ मूल्य पसल सञ्चालन

काभ्रे– दसैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ

सञ्जालमा चर्चा बटुल्दै आशिष र रचनाको स्वरको ‘चुलबुले नानी’

काठमाडाैँ – गायक आशिष अविरल र गायिका रचना रिमालको स्वरमा