माटोको मूर्ति बनाएर जीविकोपार्जन गर्दै « Khabarhub

माटोको मूर्ति बनाएर जीविकोपार्जन गर्दै


८ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

गोलबजार– सिरहाको सखुवाननकारकट्टी गाउँपालिका-५ इटहर्वाका राजेन्द्र राम बाह्र वर्षको उमेर छँदा माटोको मूर्ति बनाउन थालेका हुन् । हाल उनी ६८ वर्षको भए । देवी देवताको मूर्ति बनाउन रामले झण्डै चार दशक खर्चिए । उनले आवश्यकताअनुसार अन्य मूर्ति पनि बनाउने गरेका छन् ।

सुरुआतमा मूर्ति बनाएर जीविकोपार्जन गर्न राजेन्द्रको परिवारलाई धौ धौ थियो । पछिल्लो समय भने यसबाट राम्रै आम्दानी गर्न सफल भएको उनी बताउँछन् । ‘जीवन गुजाराको माध्यम यसैलाई बनाएको छु’, रामले भने। रामलीला तथा भजन कीर्तन मण्डलीसमेत सञ्चालन गर्दैआएका उनलाई उक्त क्षेत्रमा नचिन्ने कमै छन् । रामलीला सञ्चालन गर्न उनी सिरहा, सप्तरी, धनुषा तथा भारतको बिहारसम्म पुग्छन् ।

आधुनिक जीवनशैलीमा रमाउन थालेपछि माटोको मूर्ति बनाउनेको सङ्ख्या घट्दै गएको छ । तर रामलाई भने मूर्ति बनाउन भ्याइनभ्याइ छ । ‘युवापुस्ता माटाको मूर्ति बनाउन इच्छुक देखिदैन’, उनले भने।

हिन्दू परम्परा तथा मिथिलाञ्चलमा मनाइने प्रायःजसो चाडपर्वमा माटोबाट निर्मित कलात्मक मूर्तिको प्रयोग गरिन्छ । चाडपर्वमा माटोबाट निर्मित रङगिविरङ्गी मूर्ति प्रयोग गरिएको छ । विशेषगरी कृष्णाअष्टमी, विश्वकर्मा पूजा, दसैँ, तिहार, छठ, सरस्वती पूजा, जितिया पर्व, गणेश, अनन्तचतुर्दशी, नागपूजा, महायज्ञलगायतमा मूर्ति खपत हुन्छ । 

देविदेवताका मूर्ति बनाउन राम बढी सक्रिय रहन्छन् । उनले बुवा मधुलालबाट सो सीप सिकेका हुन् । ‘बुवाकै सङ्गतबाट सबै कुरा सिके’, उनले भने, ‘पहिला मूर्तिको पारश्रमिक न्यून पाइन्थ्यो, अहिले राम्रै आम्दानी हुन्छ ।’ बुवाबाट आफुहुँदै उनले छोरालाई पनि मूर्ति बनाउने सीप बाँडेका छन् । हाल उनका ३५ वर्षीय छोरा शिवराम पनि मूर्ति बनाउनमै सक्रिय छन् । उनले पनि बुवा राजेन्द्रबाट सीप सिकिरहेका छन्  ।

सबैजसोलाई कोरोना महामारीले प्रभावित पारेपनि राजेन्द्रलाई भने यसबाट खासै असर परेन । मूर्ति बनाउन उनलाई कोरोना कहरले पनि छेकेन । ‘कोरोना सङ्क्रमणका बेला पनि खासै समस्या भएन’, उनले भने, ‘बनाएका मूर्ति सबै बिक्री भए, छ जनाको परिवारको खर्च यसैबाट चलेको छ ।’ 

अहिले राजेन्द्र अरुबेला भन्दा बढी व्यस्त छन् । बिहानदेखि रातिसम्म वडादसैँका पूजाका लागि विभिन्न कलात्मक मूर्ति बनाउन व्यस्त छन्। ‘वर्षमा दुई याम कामको निकै चाप हुन्छ । अहिले नौ ठाउँबाट  मूर्ति बनाउन माग भएको छ’, उनले भने। ‘यसबापत राजेन्द्रले आठ लाख ३० हजार पाश्रमिक लिएका छन् । चलाएको छु, केही रकम जोहो पनि गरेको छु ।’

 

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  २ : ५९ बजे

बुद्धको सन्देश- वास्तविक सन्देश आफ्नै मनभित्र खोज

आज देशभर तथा विश्वभर बुद्ध जयन्ती अथवा बुद्ध पूर्णिमा श्रद्धा,

बल्खु सुकुम्बासी बस्तीमा पुग्यो डोजर, सामान सार्न व्यस्त बासिन्दा

काठमाडौं– उपत्यकाका नदी किनार तथा सार्वजनिक जग्गामा रहेका अतिक्रमित सुकुम्बासी

‘पर्वले सामाजिक एकता कायम राख्न सहयोग पुग्छ’  

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले पर्वहरूले सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धि

राष्ट्रपतिद्वारा बुद्ध जयन्तीको शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले शान्तिका दूत बुद्धका प्रेरणादायी उपदेश र

राज्यले श्रमिकको सामाजिक सुरक्षाको सुनिश्चित गर्नुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले श्रमिक वर्गका लागि राज्यले सामाजिक