नौ विद्यार्थीलाई पञ्चकन्या समूहको छात्रवृत्ति « Khabarhub

 नौ विद्यार्थीलाई पञ्चकन्या समूहको छात्रवृत्ति


८ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा– पञ्चकन्या समूहले प्रेमहादुर श्रेष्ठ छात्रवृत्ति १५ कोटिहवास्थित पशुपति माध्यमिक विद्यालयका नौ जना विद्यार्थीलाई प्रदान गरिएको छ । 

समूहद्वारा स्थापित प्रेमबहादुर श्रेष्ठ अक्षयकोषबाट विपन्न तथा जेहेन्दार विद्यार्थीको हौसला बढाउने यो छात्रवृत्ति पाँच वर्षदेखि प्रदान गिरिँदै आइएको छ । कोभिड महामारीका कारण दुई वर्ष निरन्तरता पाउन नसके पनि यस पटककोसहित तीन वर्षको छात्रवृत्ति दिएको अक्षयकोषका अध्यक्ष ध्रुव नारायाण श्रेष्ठले बताए ।

०७६ सालको एसइइमा विद्यालय प्रथम हुने स्मृति बस्याल र द्वितीय हुने सुविन गैरे यस्तै ०७७ सालको एसइइमा प्रथम हुने शिव हमाल र द्वितीय हुने करुणा बस्याल  र ०७८ सालमा प्रथम हुने आशिक पन्थी, द्वितीय हुने विराज भट्टराई, तृतीय हुने आरती घिमिरे, खुशी अर्याल र एलिसा दर्जीलाई छात्रवृत्ति प्रदान गरिएको पञ्चकन्याका महाप्रबन्धक देवेन्द्र साहुले बताए ।

छात्रवृतिबाट सम्मानित हुने विद्यार्थीमध्ये प्रथम हुनेले १० हजार तथा द्वितीय र तृतीय हुनेले ५-५ हजार नगद, उपहार र प्रशंसापत्रबाट तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाण र पञ्चकन्या समूहका उपाध्यक्ष एवं कोषका अध्यक्ष ध्रुवकुमार श्रेष्ठले सम्मानित गरेका थिए ।

 

 

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ३ : १९ बजे

‘ह्वील अफ फर्च्यून’ टेलिभिजन शो होस्ट गर्दै अक्षय कुमार

काठमाडौं– बलिउडका चर्चित अभिनेता अक्षय कुमार लामो समयपछि टेलिभिजनमा पुनः

एमसीसी कम्प्याक्टअन्तर्गत सडक मर्मतका लागि दुई सम्झौता

काठमाडौं- एमसिए–नेपालले मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) कम्प्याक्टअन्तर्गत सडक मर्मत कार्य

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

काठमाडौं- आइतबार घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार पनि

बोर्डको साप्ताहिक ब्रिफिङमा हराएको सुरक्षा पन्त स्टारर ‘धागो’को व्यापार ३९ हजार

काठमाडौं – व्यापार बढाइँचढाइ गरेर दर्शकलाई हलसम्म तान्ने मेकरहरूको कुचेष्टा

बेकोले सुरु गर्‍यो विशिष्ट ग्राहक अभियान : घरको लागि डिजाइन, क्रिकेटको उत्साहसँग विभूषित

काठमाडौं– बेकोले नेपाली बजारमा एक ग्राहक अभियानको सुरुवात गरेको छ ।