नौ विद्यार्थीलाई पञ्चकन्या समूहको छात्रवृत्ति « Khabarhub

 नौ विद्यार्थीलाई पञ्चकन्या समूहको छात्रवृत्ति


८ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा– पञ्चकन्या समूहले प्रेमहादुर श्रेष्ठ छात्रवृत्ति १५ कोटिहवास्थित पशुपति माध्यमिक विद्यालयका नौ जना विद्यार्थीलाई प्रदान गरिएको छ । 

समूहद्वारा स्थापित प्रेमबहादुर श्रेष्ठ अक्षयकोषबाट विपन्न तथा जेहेन्दार विद्यार्थीको हौसला बढाउने यो छात्रवृत्ति पाँच वर्षदेखि प्रदान गिरिँदै आइएको छ । कोभिड महामारीका कारण दुई वर्ष निरन्तरता पाउन नसके पनि यस पटककोसहित तीन वर्षको छात्रवृत्ति दिएको अक्षयकोषका अध्यक्ष ध्रुव नारायाण श्रेष्ठले बताए ।

०७६ सालको एसइइमा विद्यालय प्रथम हुने स्मृति बस्याल र द्वितीय हुने सुविन गैरे यस्तै ०७७ सालको एसइइमा प्रथम हुने शिव हमाल र द्वितीय हुने करुणा बस्याल  र ०७८ सालमा प्रथम हुने आशिक पन्थी, द्वितीय हुने विराज भट्टराई, तृतीय हुने आरती घिमिरे, खुशी अर्याल र एलिसा दर्जीलाई छात्रवृत्ति प्रदान गरिएको पञ्चकन्याका महाप्रबन्धक देवेन्द्र साहुले बताए ।

छात्रवृतिबाट सम्मानित हुने विद्यार्थीमध्ये प्रथम हुनेले १० हजार तथा द्वितीय र तृतीय हुनेले ५-५ हजार नगद, उपहार र प्रशंसापत्रबाट तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाण र पञ्चकन्या समूहका उपाध्यक्ष एवं कोषका अध्यक्ष ध्रुवकुमार श्रेष्ठले सम्मानित गरेका थिए ।

 

 

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ३ : १९ बजे

बागमतीमा मन्त्री बनेका तीन सांसदलाई राप्रपाले सोध्यो १२ घण्टे स्पष्टीकरण

काठमाडौँ । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही

गगन नेतृत्वमा हुने अधिवेशनमा सहभागी नहुन शशांकको अपिल

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्र विवाद

राष्ट्रिय सभामा निदाएको भिडियो भाइरल भएपछि महावीरले भने : म सुतुवा मन्त्री होइन

काठमाडौं – राष्ट्रिय सभाको बैठकमा निदाएको भिडियो सामाजिक सञ्जालमा भाइरल

होस्टलमा धारिलो हतियार प्रहारबाट प्यूठानका २२ वर्षीय युवकको मृत्यु, एक जना पक्राउ

काठमाडौं – काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिटपछि धारिलो हतियार