प्रदेशमा सञ्चारग्राम स्थापना गर्न एक करोड विनियोजन « Khabarhub

प्रदेशमा सञ्चारग्राम स्थापना गर्न एक करोड विनियोजन


८ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले उक्त प्रदेशमा सञ्चारग्राम स्थापना गर्न एक करोड विनियोजन गरिएको बताएका छन् ।

समाजवादी प्रेस संगठन नेपालको बागमती र उपत्यका प्रदेशको संयुक्त भेलाको उद्घाटनका क्रममा उनले सञ्चार क्षेत्रको विकासका लागि प्रदेशभित्र स्थापना गरिएका सबै सञ्चारमाध्यमलाई नवीकरण दस्तुर छुट दिएको बताए । मुख्यमन्त्री पाण्डेले समाजमा विद्यमान भ्रष्टाचारको न्यूनीकरणका लागि पत्रकार क्रियाशील भई सुशासन कायम गर्न सकिने र उनीहरूका संगठनमा संविधानअनुसारको विभाग राख्न उपयुक्त हुने बताए ।  

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडाले समाजमा भएका घटनाको सत्यतथ्य सूचना सञ्चार क्षेत्रले यथार्थ तथा निष्पक्ष भई प्रस्तुत गर्नुपर्ने बताए । सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख खतिवडाले जनताको सामाजिक रूपान्तरणका लागि सञ्चारकर्मी संवेदनशील हुनुपर्नेमा बताए। उनले पार्टीले आसन्न निर्वाचन प्रचारका लागि जिल्ला, प्रदेशका प्रचार कमिटीसँग समन्वय गरिरहेको छ भने ।  

नेपाल पत्रकार महासङ्घका सचिव गोविन्द चौलागाइँले श्रमजीवी पत्रकारका सेवासुविधा कटौती गर्न थालिएकोमा चिन्ता व्यक्त गरे । वरिष्ठ पत्रकार किशोर श्रेष्ठ, समाजवादी प्रेस सङ्गठनका उपाध्यक्षत्रय विश्वमणि सुवेदी, नवराज छतकुली र शान्तराम बिडारी, पत्रकार ध्रुव रायमाझीलगायतले समानुपातिक विज्ञापन प्रणाली कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । उक्त भेलाले उपत्यका र प्रदेशमा केही कमिटी निर्माण गरी जिम्मेवारी तोक्नेछ ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ३ : ३६ बजे

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको

सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार भारतीय पक्राउ

म्याग्दी । मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बाहनामा ठगी

उपभोक्ता अधिकार संरक्षण गर्न पाल्पा प्रशासनको आग्रह

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पाल्पाले ठूला चाडपर्व नजिकिएसँगै बजारमा

सुदूरपश्चिमका नवनियुक्त मन्त्रीले लिए शपथ

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकार आज पुनः विस्तार गरिएको छ।

१५ औँ महाधिवेशन रोक्न माग गर्दै सर्वाेच्चमा रिट नदिएको पूर्णबहादुरको दाबी

काठमाडौँ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीले सार्वजनिक गरेको