वाग्मती प्रदेश प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक « Khabarhub

वाग्मती प्रदेश प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक


८ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

वाग्मती– वाग्मती प्रदेश  प्रहरी कार्यालय हेटौँडाले दशैँ, दीपावली र  छठ पर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । त्यसका लागि  पाँच हजार तीन सय ३२  प्रहरी परिचालन हुने जनाइएको छ।

वाग्मती प्रदेश प्रहरी प्रमुख एवम् प्रहरी नायब  महानिरीक्षक  किरण बज्राचार्यले  प्रत्यक्ष एवम् भर्चुअल माध्यमबाट मातहत कार्यालय प्रमुखको  उपस्थितिमा  विशेष  सुरक्षा योजना सार्वजनिक  गर्दै लागू गर्न निर्देशनसमेत दिएका छन् । चाडपर्वको समयमा हुने आपराधिक गतिविधिलाई नियन्त्रणका लागि विशेष सुरक्षा योजना लागू गरिएको  वज्राचार्यले जानकारी दिए ।

वाग्मती प्रदेश अन्तर्गतका १० वटा जिल्लाहरूमा प्रभावकारी सुरक्षा व्यवस्थापनका लागि प्रदेश प्रवेश गर्ने सीमा नाकामा  नियमित  र अपर्झट जाँचको व्यवस्था मिलाउने, मोबाइल गस्ती परिचालन, प्रमुख धार्मिकस्थल, बैंकिङ तथा वित्तीय संस्थाहरूमा  प्रहरी परिचालन, जिल्ला प्रशासनको समन्वयमा  कालाबजारी  तथा  कृत्रिम अभाव  सिर्जना गर्नेलाई नियन्त्रण  गर्न बजार अनुगमनको व्यवस्था मिलाउने रहेको उनले बताए ।

साथै सुरक्षा निकाय समेतको  सहभागितामा  झैझगडा  तथा जुवातास  एवम्  घरेलु मदिरा  नियन्त्रण  गर्ने, लागूपदार्थ तथा  मादक पदार्थ सेवन सम्बन्धित जाँचको  व्यवस्था मिलाउने,  बसपार्कमा  महिला प्रहरी  र ट्राफिक प्रहरीसहितको यात्रु सहायताकक्ष  स्थापना गरी २४ घण्टा प्रहरी परिचालन गरिने छ । साथै सवारी दुर्घटना न्यूनीकरणका लागि नियमित राजमार्ग गस्ती परिचालन, सवारी साधनका गति नियन्त्रणका लागि रङ्गरोगनसहितको विशेष, ट्राफिक जाँच  गर्ने, प्रमुख राजमार्गमा रात्रिकालीन  बेस स्थापना गर्ने योजना रहेको बताइएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ४ : ५६ बजे

सेवाग्राहीसँग घुस लिँदै गरेका कर अधिकृत पक्राउ

जनकपुरधाम– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक

संक्रमणकालीन न्यायसम्बन्धी आयोग पारदर्शी रूपमा गठन गर्न द्वन्द्वपीडितको माग

काठमाडौं– विश्वसनीय र पारदर्शी प्रक्रियाद्वारा संक्रमणकालिन न्यायसँगसम्बन्धी आयोगहरू गठन गर्नुपर्ने

सुकुम्वासी भन्छन्- शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी नभए काठमाडौं छाड्दैनौँ

काठमाडौं– विभिन्न होल्डिङ सेन्टरमा रहेका भूमिहीन सुकुम्वासीहरूले शिक्षा, स्वास्थ्य र

मनसुनमा लुगा सुकाउने झन्झट अन्त्य गर्दै सिजी मेरिडियाले ल्यायो अत्याधुनिक ‘वाशर ड्रायर’

काठमाडौं–  ओसिलो मौसममा लुगा नसुक्ने, गन्ध आउने र ब्याक्टेरिया फैलिने

युक्रेनका लागि ४० करोड डलरको अमेरिकी सैन्य सहायता रोकियो

वाशिङ्टन- युक्रेनका लागि पठाउन लागिको करिब ४० करोड डलरकोअमेरिकी सहायता