विश्व पर्यटन दिवस : विदेशी पर्यटकलाई होटलमा २० प्रतिशत छुट  « Khabarhub

विश्व पर्यटन दिवस : विदेशी पर्यटकलाई होटलमा २० प्रतिशत छुट 


८ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

भैरहवा– पर्यटन व्यवसायीले ४३औँ विश्व पर्यटन दिवसको सन्दर्भ पारेर होटलमा २० प्रतिशत छुट दिने घोषणा गरेका छन् । विश्व पर्यटन दिवसको अवसरमा पर्यटकहरूलाई लक्षित गर्दै निजी क्षेत्रले विशेष योजना ल्याएका हुन् ।

सहरी विकास मन्त्रालय लुम्बिनी प्रदेशद्वारा गठित विश्व पर्यटन दिवस मूल समारोह समितिले गरेको छलफल तथा पत्रकार सम्मेलनमा आयोजकले योजनाबारे जानकारी गराएको हुन् । कोभिडले शून्य अवस्थामा पुगेको पर्यटनलाई यो छुटले राहत मिल्ने विश्वास  लिइएको छ ।

लुम्बिनी प्रदेश पर्यटनको हिसाबले धेरै सम्भावना बोकेको ठाँउ हो । स्थलमार्ग भएर आउने सबैभन्दा बढी पर्यटक रूपन्देहीको बेलहिया हुँदै नेपाल भित्रिने भएकोले सोहीलाई क्षेत्रलाई मध्यनजर गर्दै पर्यटन उत्थानका लागि विशेष छुट दिन लागिएको हो । 

‘पर्यटनको लागि पुनर्विचार’ गरौँ भन्ने मूल नाराका साथ २७ सेप्टेम्बरमा मनाउन लागिएको विशेष कार्यक्रमका लागि विदेशी पर्यटकलाई विशेष अफर दिन लागिएको विश्व पर्यटन दिवस मूल समारोह समितिका संयोजक  चन्द्रप्रकाश श्रेष्ठले बताए । पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्रालय लुम्बिनी प्रदेशको अगुवाइमा पर्यटन क्षेत्रसँग सम्वद्ध विभिन्न सङ्घसंस्थाको सहकार्यमा त्यस्तो प्याकेजको घोषणा गरिएको हो ।

 दिवसको अवसरमा ११ असोजमा स्थलमार्ग हुँदै भित्रिने बेलहियाका दुई जना  र  अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल भैरहवामा सबैभन्दा पहिले आउने विदेशी चारजना गरी ६ जना पर्यटकलाई सम्मान गर्ने र उनीहरूलाई सोही दिन तारे होटलमा आवास, खाना र पर्यटकीय गन्तव्यमा घुम्नको लागि गाडीको निःशुल्क व्यवस्था गरिएको बताए । अन्य विदेशी पर्यटकको हकमा भने २० प्रतिशत छुट ६ महिनासम्म लागू रहने उनले भने । 

पर्यटनको लागि पुनर्विचार गरौँ भन्ने अभियानका साथ विश्वभर यसवर्ष २७ सेप्टेम्बर अर्थात आगामी ११ असोजमा  विश्व पर्यटन दिवस मनाउन थालिएको हो । सोहीअनुसार लुम्बिनी प्रदेशमा पनि पर्यटक विशेष कार्यक्रम गर्न थालिएको पर्यटन विकास परिषद लुम्बिनीका कार्यकारी प्रमुख रामु जोशीले बताए ।

ग्रामीण तथा सहरी विकास मन्त्रालयका सचिव जक्की अहमद अन्सारीले लुम्बिनी प्रदेश सरकारले पर्यटकहरूलाई विशेष प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम गर्ने बताए । भारत र नेपालका कतिपय संस्कृति मिल्ने भएकाले पनि दुई देशका पर्यटक आवागमनमा सहजता अपनाउनु पर्ने उल्लेख गरे ।

 नेपाल एशोसियसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष चन्द्रबहादुर थापाले पर्यटकलाई सहज रुपमा नेपाल घुमाउने र खुसीखुसीका साथ स्वदेश फर्काउनेगरी तयारी गरिरहेको बताए । 

बेलहियामा एक दशकदेखि हरेक वर्ष २७ सेप्टेम्बरमा पर्यटनसम्बन्धी विभिन्न हुँदै आएका छन् । सन् १९९७ को संयुक्त राष्ट्रसंघीय अवधारणा बनेपछि सन् १९८० देखि २७ सेप्टेम्बरकाका दिन विश्वभर विविध कार्यक्रम गरी विश्व पर्यटन दिवस मनाउन थालिएको विश्व पर्यटन दिवस मूल समारोह समिति लुम्बिनी प्रदेशका सदस्य नरेश के सीले बताए ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ५ : ३३ बजे

योगेशको अभिव्यक्तिमा शंकरको आशंका : अधुरो अंश मात्र सम्प्रेषण भयो की ?

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले योगेश भट्टराईको महासचिवले जिम्मेवारी

कुर्था-जनकपुर-जयनगर रेल्वे सेवा (तस्बिरहरू) 

जनकपुरधाम– कुर्था–जनकपुर–जयनगर रेल्वे सञ्चालनमा आए सँगै जनकपुर र नेपाल भारत

चितवनको माडी नगरपालिकाद्वारा भूमि बर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण गरेको

उद्यमीलाई बिनाधितो ऋण

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले उद्यमीलाई

अकबरे खुर्सानी लगाउन व्यस्त भोजपुरका किसान

भोजपुर- भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन्