राजनीतिमा युवा पुस्तालाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्छ : प्रकाशमान सिंह « Khabarhub

राजनीतिमा युवा पुस्तालाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्छ : प्रकाशमान सिंह


८ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिमा युवाहरूको विस्तारै चासो बढ्नु सकारात्मक भएको भन्दै युवालाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताएका छन् ।

शनिबार मोरङ समाज काठमाडौँले दशैँतिहारको अवसर पारेर आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै नेता सिंहले युवाहरुलाई सिपमूलक तालिम दिएर रोजगारी बढाउनेतर्फ ध्यान दिनुपर्ने बताए ।

उनले  स्वास्थ्य, शिक्षा, रोजगारीमा जोड दिँदै सिपसँग शिक्षालाई जोड्नुपर्ने र युवालाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे । मंसिर ४ को निर्वाचनपछि बन्ने सरकारले जनतालाई अनुभूति गर्नेगरी काम गर्ने उनले बताए । नेता सिंहले संविधानको कार्यन्वयन गर्न र गाउँगाउँमा सिंहदरबारको अवधारणालाई साकार गर्न नेपाली कांग्रेसको जित आवश्यक रहेको जिकिर गरे ।

कांग्रेस कमजोर हुँदा संविधानसभा संविधान बनाउन विफल भएको भन्दै उनले कांग्रेस संसद्मा बलियो भएपछि मात्र संविधान जारी भएको दाबी गरे । 

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ५ : ५५ बजे

खोलामा पुल बन्यो, जाने बाटो छैन

दार्चुला– दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ हुनैनाथस्थित ओजिगाड खोलामा झोलुङ्गे पुल प्रयोगविहीन

एसियन गेम्स : बंगलादेशलाई पराजित गर्दै पाकिस्तान फाइनलमा

काठमाडाैँ – पाकिस्तान एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा

स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले सहिद दशरथ चन्द स्वास्थ्य

बनेपा र धुलिखेलमा सुपथ मूल्य पसल सञ्चालन

काभ्रे– दसैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ

सञ्जालमा चर्चा बटुल्दै आशिष र रचनाको स्वरको ‘चुलबुले नानी’

काठमाडाैँ – गायक आशिष अविरल र गायिका रचना रिमालको स्वरमा