‘लामखुट्टे ‘खोज र नष्ट गर’ अभियान अगाडि नै सुरु भएको भए यो अवस्था आउने थिएन’ « Khabarhub

‘लामखुट्टे ‘खोज र नष्ट गर’ अभियान अगाडि नै सुरु भएको भए यो अवस्था आउने थिएन’


८ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले स्वास्थ्य मन्त्रालय अन्तर्गतको लामखुट्टे ‘खोज र नष्ट गर’ अभियान दुई महिना अगाडिदेखि सुरु गरेको भए यस्तो अवस्था नआउने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कार कार्यक्रममा बोल्दै उनले एकै परिवारका सदस्य पालैपालो अस्पताल पुगेपछि आफूलाई त्यत्ति बेला देखिनै घर-घरमा डेंगी पुगेको महसुस गर्न थालेको बताए । डा.पुनले आफूले एक दिनमा ७०-८० जनासम्म डेंगीका बिरामी जाच्ने गरेको सुनाए । पछिल्लो समय व्यवसायीहरूले वरिपरि लामखुट्टे धपाएर बस्ने की कारोबार गर्ने चुनौती आएको भन्दै उनले यस्तो समस्या देशमा मात्र नभई विश्वभर नै भएको बताए । नेपालले कोभिड महामारीबाट पनि पाठ नसकेकोले आज यो अवस्था आएको र अब पनि पाठ नसिके अझै ठुलो समस्या ननिम्त्याउला भन्न नसकिने उनको भनाई छ । 

सिकिस्त भएका बिरामी मात्रै अस्पताल पुग्ने र लक्षण देखिएका बिरामी घरमै बस्ने गरेको उल्लेख गर्दै उनले बिरामीको संख्या धेरै हुनसक्ने बताए । 

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ६ : ११ बजे

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको

सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार भारतीय पक्राउ

म्याग्दी । मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बाहनामा ठगी

उपभोक्ता अधिकार संरक्षण गर्न पाल्पा प्रशासनको आग्रह

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पाल्पाले ठूला चाडपर्व नजिकिएसँगै बजारमा

सुदूरपश्चिमका नवनियुक्त मन्त्रीले लिए शपथ

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकार आज पुनः विस्तार गरिएको छ।

१५ औँ महाधिवेशन रोक्न माग गर्दै सर्वाेच्चमा रिट नदिएको पूर्णबहादुरको दाबी

काठमाडौँ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीले सार्वजनिक गरेको