ट्रकको ठक्करबाट पैदल यात्रुको मृत्यु « Khabarhub

ट्रकको ठक्करबाट पैदल यात्रुको मृत्यु


८ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु– कपिलवस्तुमा शिवराज नगरपालिका-३ मा ट्रकको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ । शनिबार बिहान पश्चिमबाट पूर्व जाँदै गरेको ना ८ ख ३८२९ नम्बरको ट्रकको ठक्करबाट गुल्मी घर भएका ३४ वर्षीय बम बहादुर थापाको मृत्यु भएको हो ।

छोरीसहित ससुराली घर आएका थापालाई  बिहान बाटो काट्ने क्रममा ट्रकले ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएका थापाको उपचारका लागि चन्द्रौटा लैजाँदै गर्दा मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

दुर्घटनामा उनकी तीन वर्षीय छोरी अनु थापाको खुट्टा र टाउकोमा चोट लागेको छ । घाइते थापाको बुटवलमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ६ : ४२ बजे

स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले सहिद दशरथ चन्द स्वास्थ्य

बनेपा र धुलिखेलमा सुपथ मूल्य पसल सञ्चालन

काभ्रे– दसैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ

सञ्जालमा चर्चा बटुल्दै आशिष र रचनाको स्वरको ‘चुलबुले नानी’

काठमाडाैँ – गायक आशिष अविरल र गायिका रचना रिमालको स्वरमा

जन्मिदै जालझेल झेलेको कांग्रेस

राजाले संसदीय चुनाव गराउन अलमल गरेपछि बीपी कोइरालालार्ई लाग्यो- राजाको

चितवनका ६ चोकमा ट्राफिक लाइट जडान गरिँदै (तस्बिर)

चितवन– चितवनको मुख्य सहर भरतपुरभित्रका ६ वटा व्यस्त चोकमा सवारी