पाकिस्तानविरुद्ध धुम मच्चाउँदै भारत जिताउने कोहली | Khabarhub Khabarhub

टी-ट्वान्टी क्रिकेट विश्वकप

पाकिस्तानविरुद्ध धुम मच्चाउँदै भारत जिताउने कोहली

‘जसले कहिल्यै बिर्सन नसकिने उत्कृष्ट पारी खेले’


७ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : आइसीसीले अष्ट्रेलियामा जारी टी–ट्वान्टी विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक गर्दा विराट कोहलीलाई वर्तमान विश्व क्रिकेटकै सबैभन्दा ठूलो सुपरस्टारको रुपमा प्रस्तुत गरेको थियो । सोहीअनुसार अष्ट्रेलियाका विभिन्न सहरमा कोहलीको ठूला ठूला पोस्टर राख्न थालियो पनि ।

तर त्यतिबेला कोहली भारतीय टिममा पर्छन् कि पर्दैनन् भन्नेमा धेरैलाई आशंका थियो । स्वयंम कोहली पनि विश्वकप खेल्छु भन्नेमा ढुक्क थिएनन् । मुख्य कारण थियो, उनको फर्म । उनी लगातार रन बनाउन असफल भइरहेका थिए ।

सन् २०१९ पछि त उनले कुनै पनि खेलमा शतक बनाउन सकेका थिएनन् । यद्यपी उनले खेलेका धेरे खेलमा अर्धशतक बनिरह्यो । जसले कोहलीलाई ठूलो अर्थ राख्दैन । कोहली भनेकै किङ । अर्थात जुनसूकै खेलमा पनि शतक हान्न सक्ने विश्वकै उत्कृष्ट क्रिकेटर ।

सचिन तेन्दुकरपछि कोहलीको व्यक्तित्व र चर्चा यसरी नै हुन्छ । खेलमा टिक्न नसक्ने, रन पनि नबन्ने र अरु उम्दा क्रिकेटरका लागि बाधक मात्रै बनिरहने भएपछि बीसीसीआईले कोहलीले दुईदेखि तीन देशको भ्रमणमा रोक लगायो ।

उनलाई आराम भन्दै टिममा राख्न छाडियो । जतिबेला कोहली सबैभन्दा धेरै निराश थिए । वर्तमान विश्व क्रिकेटमा अहिलेकै उमेरमा ७० शतक बनाउने कोहली एक्ला क्रिकेटर हुन् । उनले विश्वकप जितिसकेका छन् । तर आफ्नो कप्तानी थिएन ।

उनले यसबीचमा कप्तानी छाडे । आफ्नो फर्म पनि गुमाए । जित्नैपर्ने खेलमा कोहलीको ब्याट नचल्दा हार व्यहोरे । खासगरी ती ठूला हार आइसीसीका निर्णायक प्रतियोगितामा हुन्थ्यो । जसल कोहलीलाई झन् ठूलो धक्का दियो ।

यस्ता अनेकौ बाधा अड्चन आइरहदा एसिया कप आइपूग्यो । दुबईमा चलिरहेको एसिया कपमा कोहलीको ब्याट चल्यो । कोहलीको ब्याटले रन बनाउन थालेपछि चर्चा बढ्यो । चर्चासँगै उनको विश्वकप क्रिकेटमा झन् उत्कृष्ट फर्म फर्किने विश्वास बढ्यो ।

एसिया कपमा पाकिस्तानविरुद्ध अर्धशतक बनाएका कोहलीले अफगानिस्तानविरुद्ध भने टी–क्रिकेट करियरमा पहिलो शतक नै हाने । त्यो पनि नआउट १२२ रन । जुन स्वभाविक थिएन । एसिया कपमा शतक हानेपछि कोहलीले तीन वर्ष लामो शतकको खडेरी पनि तोडे । भारत सेमिफाइनलमा पाकिस्तानसँग हारेपछि घर फर्किएपनि कोहली भने विश्वकपमा धुम मच्चाउन सक्ने आँकलन दिएर मात्रै मुम्बई फर्किएका थिए ।

नभन्दै विश्वकप आइपुग्यो । अष्ट्रेलिया पुगेको भारतले घरेलु टिमसँग ‘वार्मअप’ खेल खेलेर जित हासिल गरेको थियो । जहाँ कोहलीको ब्याट राम्रोसँग चल्न पाएन । शंका जारी थियो । कोहली विश्वकपमा चल्छन् कि चल्दैनन् ।

विश्वकपकै प्रतिक्षित खेल आइपुग्यो । आइतबार दिउँसो पौने १ बजे नेपाली समयअनुसार खेल सुरु भयो । भारतका कप्तान रोहित शर्माले टस जितेर बलिङ रोजे । पाकिस्तानले ब्याटिङ थाल्यो । यी दुई देशको खेल यति रोमाञ्चित हुन्छ कि रेफ्रीले बलिङको संकेत गर्दा नै लाखौँको हुटिङ चल्छ ।

भारतीय बलरले प्रभावशाली बलिङ गरे । पाकिस्तानका कप्तान बाबर अजाम डकआउट भए । अर्का भरपर्दा ओपनर ब्याटर मोहम्मद रिजवान पनि ४ रनमै आउट भए । भारत सुरुदेखि खेलमा हावी भयो । तर सन मसुद र इफ्तिखर अहमद दुवैले अर्धशतक बनाए । मसुदले नटआउट ५२ र अहमदले ५१ रन बनाएपछि पाकिस्तानले ८ विकेट गुमाएर १५९ रनको योगफल बनायो ।

पाकिस्तानलाई जितका लागि यो पर्याप्त थियो । किनकी उसका बलर विश्वस्तरीय थिए । त्यसमा शहिन शाह अफ्रिदी र ह्यारिस रउफ झनै खतरानाक थिए । सुरुवात त्यस्तै भइदियो । भारतका ओपनर केएल राहुल र रोतित शर्मा सुरुमै आउट भए । मोहम्मद ह्यारिस रउफ र मोहम्मद नवाजले आक्रामक बलिङ गरे ।

राहुल र रोहित ४–४ रनमा आउट भएपछि भारत पुरै दबाबमा आयो । कोहली क्रिजमा आउँदा पनि सेट भइसकेका थिएनन् । उनले ८ बलमा जम्मा ३ रन बनाएर खेलिरहेका थिए । आशलाग्दा र विष्फोटक ब्याटर भनिएका सूर्यकुमार यादव पनि १५ रनमै आउट भए । भारतले रणनीति बदलेर अक्षर पटेललाई पाँचौ नम्बरमा पठायो । पटेल पनि २ रनमै रनआउट भयो । भारत पावर प्ले सकिदा ६ ओभर १ बलमा ४ विकेट गुमाएर ३१ रनको अवस्थामा थियो ।

जुन नाजुक मात्रै होइन, पाकिस्तानविरुद्ध जितका लागि लगभग असम्भव भइसकेको थियो । यसअघि पनि पाकिस्तानविरुद्धको खेलमा यस्तै जटिल अवस्थामा भारत हार व्यहोर्न बाध्य थियो । तर कोहली क्रिजमा टिकेको खण्डमा नतिजा भने फरक आउँथ्यो ।

यसपटक कोहली टिकेका थिए । पाकिस्तानविरुद्ध सँधै हावी रहने कोहली यसपटक झन् आफ्नै लागि पनि चुक्न चाहदैन थिए । हार्दिक पाण्ड्या आएपछि भारतको साझेदारी बढ्यो । त्यो पनि शतकीय साझेदारी नै बन्यो ।

अन्तिम दुई ओभर बाँकी रहँदा भारतलाई जितका लागि १२ बलमा २८ रनको आवश्यकता थियो । जतिबेला भारतले जित्ने सम्भावना केवल १० प्रतिशत मात्रै थियो । हार्दिकले खुलेर खेल्न सकिरहेका थिएनन् । तर कोहलीले १८ औँ ओभरको अन्तिम दुई बलमा ह्यारिस रउफलाई दुई छक्का हाने । यसले खेलमा भारतीय समर्थनलाई आश दिलायो ।

अन्तिम ओभरको पहिलो बलमै हार्दिक आउट भए । यो विकेटले शतक लामो भारतीय साझेदारी टुट्यो । धेरै भारतीय फ्यानको आश पनि टुटायो । हार्दिकले नै गर्दा भारत जित सम्भव देखिरहेको थियो । दोस्रो बलमा क्रिजमा आएका दिनेश कार्किकले १ रन लिए । जतिबेला भारतलाई जितका लागि ४ बलमा १५ रनको आवश्यकता थियो । उसको जितको सम्भावना निकै साँघुरो बनिसकेको थियो ।

कोहलीले तेस्रो बलमा दुई रन बनाए । चौथो बलमा भने छक्का हाने । जसरी कोहलीले ढुक्क भएर भएर छक्का हाने । त्यो बल नो बल थियो । कोहलीले सित्तैमा बोनस पाए । दुई बलमा कोहलीले ९ रन जोडे ।

अब भारतलाई जितका लागि ३ बलमा ६ रनको आवश्यकता थियो । यतिबेला पाकिस्तानी बलर मोहम्मद नवाज नर्भस भइसकेका थिए । पाकिस्तानले जितिसकेको खेल नवाजको बलिङले हार्दै थियो । उनले अर्को बल वाइड फाले ।

त्यसले भारतलाई झन् सहज बनायो । उनले गरेको चौथो बलिङमा कोहलीले ३ रन जोडे । जुन लेग बाइ बल थियो । अब भारतलाई जितका लागि केवल २ बलमा २ रनको खाँचो थियो । तर पाँचौ बलमा कार्तिक आउट भए । नवाजले खेल फेरि पाकिस्तानको पोल्टामा पार्ने सम्भावना बढ्यो ।

क्रिजमा अनुभवी अलराउण्डर रविचन्दन आश्विन आए । कोहली अर्को इण्डमा थिए । उनले ब्याटिङ गर्न पाएनन् । आश्विनले स्ट्राइक गरेको बेला नवाजले वाइड फाले । भारतको खातामा स्वतः १ रन जोडियो । स्कोर बराबरीमा पुग्यो ।

अब भारतलाई अन्तिम बलमा केवल १ रन चाहिएको थियो । भारत हारबाट जोगियो । यतिबेलासम्म यति नाटकीय मोड आयो कि न त्यो भारतले सोचेको थियो । न पाकिस्तानले नै खेल्न खोजेको थियो । कोहलीले नसोचिने गरि खेल भारतको पक्षमा ढाले । अन्तिम बलमा आश्विनले १ रन लिएर भारत जितेको प्रमाणित गरे ।

अन्ततः १६० रनको लक्ष्य भारतले नसोचेको उतारचढाव व्यहोर्दै ६ विकेट गुमाएर कठिनताका साथ भेट्टायो । जुन विश्व क्रिकेटका लागि भने स्मरणीय रह्यो ।

यो केवल जित थिएन । पाकस्तिान र भारतबीचको क्रिकेट युद्धको एक ऐतिहासिक भावना थियो । जसमा भारतले जित्यो । पाकिस्तान फेरि पनि स्तब्ध बन्यो । यो जितले भारतलाई मात्रै होइन, कोहलीलाई फेरि क्रिकेट ‘किङ’का रुपमा फर्कायो ।

५३ बलमा नटआउट ८२ रन जोडेका कोहली खेलको म्यान अफ द म्याच बने । उनले पाकिस्तानविरुद्धको इनिङ आफ्नो जीवनकै उत्कृष्ट इनिङ रहेको पनि बताए । स्मरण रहोस्, कोहली सन् २०१४ र सन् २०१६ को टी–ट्वान्टी विश्वकपका उत्कृष्ट खेलाडी हुन् । यसपटक पनि कोहलीलाई उत्कृष्ट ब्याटर बन्ने ऐतिहासिक अवसर अगाडि छ ।

खेलपछि आइसीसीले नै कोहलीलाई राजाको रुपमा आसनमा राखेर ‘किङ कोहली इज ब्याक’ क्याप्सन दिएर ट्वीट गरिदियो । आइसीसीले दिएको सम्मान र ट्वीट रिट्वीट गर्दै धेरैले कोहली र भारतलाई बधाई दिए ।

पाकिस्तानविरुद्ध धुम मच्चाएका कोहलीको ब्याट मात्रै होइन, खेल कौशल पनि विश्वकमा देखिएको छ । अब कोहलीको कौशल र टिमको प्रदर्शनले अष्ट्रेलियामा जारी टी–ट्वान्टी विश्वकपमा भारतले ९ वर्षको उपाधि खडेरी तोड्दै ट्रफी उचाल्छ कि उचाल्दैन् ? ठूलो प्रश्न बाँकी छ । जुन कोहली स्वयंमका लागि पनि ठूलो प्रश्न हो । सायद उनले जवाफ फर्काउन सक्छन् ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ८ : ४४ बजे

वर्षाले कुलेश्वर क्षेत्र डुबानमा (तस्बिरहरु)

काठमाडौं–  लगातार परिरहेको अविरल वर्षाका कारण कुलेश्वर क्षेत्र डुबानमा परेको

झापामा भारी वर्षा, सम्भावित क्षतिबाट जोगिन स्थानीय प्रशासन तयारी अवस्थामा

भद्रपुर– झापामा गए रातीदेखिको अविरल वर्षाले नदी तथा खोलामा पानीको

दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो दुई महिनामा झण्डै सात अर्ब

नाटकको जादुयी आकर्षण, कर्मा र कर्म

काठमाडौं – कर्मा करिब ३८ वर्ष पहिले काठमाडौंमै जन्मिएका हुन्

आम उपभोक्ताको अधिकारलाई सुनिश्चित गर्न आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले चाडपर्वमा आम उपभोक्ताको अधिकारलाई सुनिश्चित