फोहोर फाल्नेमाथि महानगरको कारबाही : चार लाख जरिवाना असुल | Khabarhub Khabarhub

फोहोर फाल्नेमाथि महानगरको कारबाही : चार लाख जरिवाना असुल


७ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा अनधिकृत रुपमा फोहोर फाल्नेमाथि कारबाही अगाडि बढाएको छ।
महानगरले अनुगमनका लागि नगरप्रहरी र कर्मचारीको टाली पनि खटाएको छ।

महानगरपालिकाका, नगर प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टका अनुसार रातिको मौका छोपी सडकका चोक र गल्लीमा फोहोर फाल्ने २० जनामाथि कारबाही गरिएको छ। फोहोरको मात्रा र प्रकृतिअनुसार कम्तीमा १ हजारदेखि बढीमा २५ हजार रुपैयाँसम्म जरिवाना रकम तोक्ने गरिएको छ।

महानगरले फोहोर फाल्नेमाथि जरिवाना गरेर मात्र ४ लाख ५ सय रुपैयाँ जरिवाना रकम संकलन गरेको छ।

वातावरण तथा कृषि विभागले गरेको अनुगमनका क्रममा साउन महिनामा १ लाख ५२ हजार ५ सय रुपैयाँ, भदौ महिनामा ९९ हजार ५ सय रुपैयाँ र असोज महिनामा १ लाख ४८ हजार ५ सय रुपैयाँ संकलन भएको भट्टले जानकारी दिए।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ८ : ५१ बजे

प्रि ओप सेसन : चार अंकले बढ्यो नेप्से

काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेपाल

भुटानी शरणार्थी नेता पौड्यालको ‘पर्दापछाडिको भुटान’ सार्वजनिक

ललितपुर– लेखक तथा भुटानी शरणार्थी नेता बलराम पौड्यालको खोजमूलक ग्रन्थ

उद्योग वाणिज्य महासंघमा राजनीति छिर्‍यो

म ०५८ देखि ०६० सम्म उद्योग वाणिज्य महासंघको अध्यक्ष रहेँ

एकद्वार सङ्कट व्यवस्थापन केन्द्रबाट सेवा लिने बढ्दै

कञ्चनपुर– कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा रहेको एकद्वार सङ्कट व्यवस्थापन केन्द्र

हरिशयनी एकादशीमा कालीगण्डकी नदीमा स्नान गर्नेको भुइँचो

पर्वत– हिन्दूहरूको पवित्र पर्व हरिशयनी एकादशी अर्थात् आषाढ शुक्ल एकादशीको