तनहुँमा समानुपातिक मतपत्र आइपुग्यो « Khabarhub

तनहुँमा समानुपातिक मतपत्र आइपुग्यो


७ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली– मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँमा समानुपातिकतर्फको मतपत्र आइपुगेको छ । निर्वाचन आयोगले नेपाली सेनाको सुरक्षा घेरामा तनहुँका लागि समानुपातिकतर्फको मतपत्र आइतबार जिल्ला ल्याइपुर्‍याएको हो ।

जिल्लाका लागि पाँच लाख ५० हजार थान मतपत्र आइपुगेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । तनहुँ क्षेत्र नम्बर १ र प्रदेश १ र २ को मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालय दमौलीमा र तनहुँ क्षेत्र नम्बर २ र प्रदेश १ र २ को मतपत्र निर्वाचन अधिकृतको कार्यालय दुलेगौँडामा सुरक्षितरुपमा राखिएको छ । 

‘नेपाली सेनाको सुरक्षाघेरामा आएको मतपत्र तनहुँ १ को दमौलीमा र क्षेत्र नं २ को मतपत्र शुक्लागण्डकी नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा रुजु गरेर राखिएको छ’ उनले भने ।  क्षेत्र नं १ को प्रतिनिधिसभा र प्रदेशसभाका, लागि दुई लाख ७३ हजार र  २ को लागि दुई लाख ७७ हजार थान मतपत्र आइपुगेको छ । क्षेत्र नं १ प्रतिनिधिसभाका लागि एक लाख ३६ हजार मतपत्र आएको छ । सोही प्रतिनिधिसभाको प्रदेश (क) का लागि ७४ हजार र प्रदेश (ख) का लागि ६३ हजार मतपत्र आएको छ ।

क्षेत्र नम्बर २ प्रतिनिधिसभाका लागि एक लाख ३८ हजार मतपत्र आइपुगेको छ । सोही प्रतिनिधिसभाको प्रदेश (क) का लागि ७४ हजार र प्रदेश (ख) का लागि ६५ हजार मतपत्र आइपुगेको छ । क्षेत्र नम्बर १ तर्फ एक लाख २३ हजार चार सय ९० मतदाता छन् । तीमध्ये प्रदेश १ तर्फ ६७ हजार एक सय ४४ र प्रदेश २ तर्फ ५६ हजार तीन सय ४६ मतदाता छन् । 

क्षेत्र नम्बर २ अन्तर्गत एक लाख २५ हजार पाँच मतदाता छन् । त्यसमध्ये प्रदेश १ तर्फ ६७ हजार ३२ र प्रदेश २ तर्फ ५७ हजार नौ सय ७३ मतदाता छन् । जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ५७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । क्षेत्र १ को प्रतिनिधिसभा सदस्यका लागि १५, प्रदेश सभा (क) का लागि ११ र प्रदेशसभा (ख) का लागि सात जना प्रतिस्पर्धामा छन् । 

क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यका लागि दश, प्रदेश सभा (क) का लागि आठ र प्रदेश सभा (ख) का लागि छ उम्मेदवार प्रतिस्पर्धामा छन् । निर्वाचनका लागि जिल्लाका उम्मेदवार यतिबेला घरदैलोमा व्यस्त छन् । निर्वाचन आयोगले मतदानको १७ दिन अगाडिबाट मात्रै प्रचारप्रसार, आमसभा गर्न अनुमति दिएकाले उम्मेदवारहरू घरदैलोमा पुगेर मतदाता भेटिरहेका छन् । 

मतदाताको भेटघाटका क्रममा उम्मेदवारले आ-आफ्ना एजेण्डा मतदाता समक्ष राख्ने गरेका छन् । तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उम्मेदवार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पहिलो चरणको घरदैलो सकेका छन्। उनले व्यास र भानु नगरपालिका सहित बन्दीपुर गाउँपालिकाका विभिन्न ठाउँमा मतदाता भेटघाट गरिसकेका छन् । 

एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार एकबहादुर राना भानुका विभिन्न वडामा मतदाता भेटघाट गरिरहेका छन् । राप्रपाका उम्मेदवार विनोद घर्ती, हाम्रो राष्ट्रिय पार्टीका प्रवीण पौडेललगायत मतदाता भेटघाटमा व्यस्त छन् । 

तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार कांग्रेसका शंकर  भण्डारी, एमालेका किरण गुरुङका साथै साना दलका उम्मेदवार पनि मतदाता भेटघाटमा व्यस्त छन् ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ११ : २७ बजे

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड