लागूऔषधसहित दुईजना पक्राउ « Khabarhub

लागूऔषधसहित दुईजना पक्राउ


७ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरको कमलविनायकबाट लागूऔषध बिक्री वितरण तथा ओसारपसार संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका–१ घर भई हाल भक्तपुर नगरपालिका–१० कमलविनायक बस्ने वर्ष ३३ का रविन तामाङ र सोही स्थानमा घर भई हाल कमलविनायक नै बस्ने वर्ष ३४ की सुस्मिता खड्का रहेका छन् । 

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूको डेराकोठामा खानतलासी गरी हेर्दा लागूऔषधसहित चोरी गरी राखिएका मोटरसाइकलको हेल्मेटसमेत फेला पारेको जनाएको छ । 

लागूऔषधसम्बन्धी कसुरमा उनीहरूलाई जिल्ला अदालत भक्तपुरमा पेस गरिएको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए । उनीहरूमाथि थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ११ : ३७ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन