‘निष्पक्ष ढङ्गबाट निर्वाचन सम्पन्न गर्न सरकार तयार छ’ « Khabarhub

‘निष्पक्ष ढङ्गबाट निर्वाचन सम्पन्न गर्न सरकार तयार छ’


७ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

दमौली– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भयरहित र निष्पक्ष ढङ्गबाट निर्वाचन सम्पन्न गर्न प्रदेश सरकार तत्पर रहेको बताएका छन् । तनहुँको बन्दीपुरमा सम्पन्न गण्डकी प्रदेशका सात वटा जिल्लाका सुरक्षा निकायका प्रमुखसहितको अन्तर जिल्ला सुरक्षा समन्वय बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोख्रेलले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई भयरहित बनाइने प्रतिबद्धता व्यक्त गरे ।

निर्वाचनलाई स्वच्छ रुपमा सम्पन्न गराउन विशेष योजना बनाएर अगाडि बढ्न मुख्यमन्त्री पोख्रेलले निर्देशन दिए । मुख्यमन्त्री पोख्रेलले निर्वाचनमा कतिबेला कहाँ के हुन्छ भन्न नसकिने भएकाले गम्भीरतापूर्वक कार्ययोजना बनाएर कार्यान्वयन गर्न निर्देशन दिए ।

कार्यक्रममा आन्तरिक मामिलामन्त्री डोबाटे विकले प्रदेशका जिल्लाहरूको सुरक्षा अवस्था, अन्तर जिल्ला समन्वय, प्रदेश सरकारसँगको अपेक्षा, पालिकाहरूसँगको समन्वयका बारेमा जानकारी लिनका लागि बैठक राखिएको बताए । प्रदेशको आन्तरिक मामिला मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा तनहुँ, कास्की, स्याङ्जा, गोरखा, नवलपुर, लमजुङ र मनाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख लगायतको सहभागिता रहेको थियो । 

सो अवसरमा जिल्लाका सुरक्षाको वस्तुस्थिति, स्रोतसाधन, विपद् व्यवस्थापन, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सुरक्षा व्यवस्थापन लगायतका विषयमा छलफल गरिएको थियो । कार्यक्रममा नेपाली सेनाका मध्यकमाण्ड सेनापति उपरथी बाबुराम श्रेष्ठ, गण्डकी प्रदेश प्रहरी प्रमुख रामदत्त जोशी, तनहुँका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, प्रहरी उपरीक्षक राजेन्द्रबाबु रेग्मी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ११ : ५३ बजे

परराष्ट्रमन्त्री खनाल सर्बिया जाने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल भदौ १४ गते तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डलको

पशुपतिनाथमा ३२५ भक्तजनले गरे रसिद काटी विशेष पूजा

काठमाडौं– पशुपतीनाथ मन्दिरमा आज विशेष पूजा सम्पन्न भएको छ । पशुपतिनाथ

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश, २४ घण्टाभित्र लिखित जवाफ माग

काठमाडौं– सर्वोच्च अदालतले दुर्गा प्रसाद प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमा

कोशी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट आज विश्वासको मत

चल्ला बोकेर माइतीघरमा उत्रिए पोल्ट्री व्यवसायी

काठमाडौं– भारतीय कुखुराको तस्करी रोक्नुपर्ने, बिचौलियाको चलखेल नियन्त्रण गर्नुपर्ने तथा नेपाली