केराको बोटको बिक्रीमा वृद्धि « Khabarhub

केराको बोटको बिक्रीमा वृद्धि


७ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– मिथिला क्षेत्रमा लक्ष्मीपूजाको दिन स्वागतद्वार निर्माणका लागि केराको बोटको बिक्री बढेको छ । मैथिली परम्पराअनुसार स्वागतद्वार निर्माणका लागि लक्ष्मीपूजामा केराको बोट प्रयोग गरिन्छ । वैदिकालदेखि नै प्रचलनमा रहेको यो परम्परा मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग नै बनिसकेको मिथिला संस्कृति र परम्पराका ज्ञाता जलेश्वर-८ बजराहीका ७० वर्षीय मनोहरनाथ पाठकले बताए । 

केराका थामबाट बनाइएको स्वागतद्वारबाट लक्ष्मी गृह प्रवेश गर्ने जनविश्वास छ । आज दिनभर चतुर्दशी तिथि रहे पनि साँझ सूर्यास्तअघि औँशी तिथि सुरु हुने भएपछि आजै लक्ष्मीपूजा गरिन लागिएको हो । व्यापारिक प्रतिष्ठानले भने लक्ष्मीपूजाका अवसरमा केराको बोट खरिदका लागि अग्रिम बुकिङ गर्दै आएका छन् । 

जिल्लाको भङ्गाहा–४ रामनगरका किसान सत्यनारायण यादवले यसपटक रु २० हजारको थाम बिक्री भएको बताए । जिल्लाका मुख्य बजार बर्दिबास, औरही, सीतापुर, मटिहानी, रामगोपालपुर, सम्सी, गौशाला, पिपरा, बलबा र जिल्ला सदरमुकाम जलेश्वर नगरसहितका बजारचोकमा किसानले बिक्रीका लागि केराका थाम पुर्‍याएका छन् ।

केराका बोट बिक्रीबाट राम्रो आम्दानी भएपछि तिहार मनाउन सहज भएको भङ्गाहा–६ हतिसर्वाको झपौल बस्तीकी किसान त्रिपुला ठाकुरले बताएका छन् । बजारमा एकजोडा केराका बोट चार सयसम्म बिक्री भइरहेको छ । पर्व सुरु हुनुअघि नै करिब १० कट्ठामा रोपिएका केराका बोटको नयाँ कोथा बिक्री गरी  ३० हजार लिइसकिएको बर्दिबास–९ पशुपतिनगरका किसान रामविनोद महतोले बताए । 

‘केराका झ्याङ्मा एउटा बोटमा तीन वटाभन्दा बढी भएका कोथा छाँट्नै पर्ने हुन्छ, धेरै कोथा निस्किए केराका कोसा राम्ररी फस्टाउँदैनन्, घरी राम्रो लाग्दैन’, गौशाला नगरपालिका–१० लक्ष्मीनियाँका किसान अरुण कुशवाहाले भने, ‘छाँट्नु पर्ने कोथालाई हामी तिहार पर्खन्छौँ ।’ तिहार र छठ पर्वमा जिल्लाभरि गत वर्ष केराका घरी र थामसमेत लाखौँ रुपैयाँको कारोबार भएको जलेश्वर उद्योग वाणिज्य सङ्घले जनाएको छ । यसपालि एक साताअघि नै थामसँगै पर्व विशेषकै लागि घरीकोसमेत खरिद बिक्री सुरु भएकाले कारोबार रकम अझै बढ्ने सङ्घका अध्यक्ष लवराजा सिंहको अनुमान छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  १२ : १९ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका