बागलुङको विकासबारे प्रवासी नेपालीसँग छलफलमा पाठक  « Khabarhub

बागलुङको विकासबारे प्रवासी नेपालीसँग छलफलमा पाठक 


७ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बागलुङ- प्रतिनिधिसभामा बागलुङ १ का उम्मेदवार डा.सूर्य पाठक चुनावी प्रचार प्रसारमा व्यस्त भएका छन् । उनी राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसँग प्रतिस्पर्धामा छन् । पाठकले घरदैलोदेखि छलफल र अन्तरक्रिया गर्दै आएका छन् भने प्रवासी नेपालीसँग समेत अन्तरक्रियामा सहभागी भएर आफ्नो पक्षमा सकारात्मक माहोल तयार गरेका छन् । 

आइतबार एक भर्चुअल अन्तरक्रिया कार्यक्रममा उनले पहिलो पटक सांसद भएपछि बागलुङको सडक, खानेपानी, सिंचाइ र स्वास्थ्य चौकी भवन निर्माणमा प्राथमिकता दिएको बताए । उनले विकासको पूर्वाधारको लागि कनेक्टिभिटी महत्त्वपूर्ण रहेको बताए । यद्यपि केही काम पूरा गर्न नसकिएको भन्दै पाठकले दोस्रो पटक निर्वाचित भएर ती अधुरा कार्य पूरा गर्ने बताए । मध्य पहाडी राजमार्गको फोटो राखेर गिज्याउन खोज्नेहरूप्रति इंगित गर्दै उनले भने, ‘मैले मध्य पहाडी लोकमार्गको पिच समय सीमाभित्र सक्नुपर्छ भनेर पटक पटक संसद्मा बोलेको छु । जिल्लामा सिडियोलगायत सरोकारहरूसँग पटक पटक वार्ता गरेको छु । तर प्रोजेक्ट म्यानेजर र ठेकेदारको मिलोमतोका कारणले सो राजमार्ग अलपत्र पार्ने काम भयो ।’

पाठकले लापरवाही गर्ने ठेकेदारमाथि कारवाही गर्न प्रयास गरिए पनि कानून बाधक भएको जिकिर गरे । उनले भने, ‘ठेक्का नै रद्द गरेर नयाँ ठेक्का दिएर सडक पिच गर्न सिफारिस गरिएको थियो । तर कानुनले प्रोजेक्ट म्यानेजरको सिफारिसबिना उक्त ठेक्का रद्द गर्न नमिल्ने भएका कारणले हामीले ठेकेदार कम्पनीलाई कारवाही गर्न सकेनौँ, अब राज्यभन्दा पनि ठेकेदारहरू बलिया भएका हुन् कि भन्ने प्रश्न उठेको छ ।’ उनले आफूसँग निर्वाचन क्षेत्रमा प्रत्यासी रहेका ८० वर्षीय चित्रबहादुर केसी दुई पटक सांसद र उपप्रधानमन्त्री हुँदा जिल्लाको विकासमा के कस्तो काम गरे भनेर प्रश्न गर्नसमेत मतदातालाई आग्रह गरे । 

पाठकले प्रतिनिधि सभाको सदस्यका रूपमा आफूले कानुन निर्माणमा केन्द्रित हुनुपर्ने भएका कारणले संसद्लाई केन्द्रबिन्दु बनाए विगत पाँच वर्ष सक्रिय भूमिका खेलेको दाबी गरे । उनले गैरआवासीय नेपालीहरूका हक र अधिकारहरूका नागरिकताको निरन्तरता, मताधिकार, पिएनओलगायतका मुद्दा संसद्मा बुलन्द पारेको बताए । वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषको दायराभित्र ल्याइनुपर्ने पनि उनको भनाइ थियो ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  १२ : २८ बजे

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु