बागलुङको विकासबारे प्रवासी नेपालीसँग छलफलमा पाठक  « Khabarhub

बागलुङको विकासबारे प्रवासी नेपालीसँग छलफलमा पाठक 


७ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बागलुङ- प्रतिनिधिसभामा बागलुङ १ का उम्मेदवार डा.सूर्य पाठक चुनावी प्रचार प्रसारमा व्यस्त भएका छन् । उनी राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसँग प्रतिस्पर्धामा छन् । पाठकले घरदैलोदेखि छलफल र अन्तरक्रिया गर्दै आएका छन् भने प्रवासी नेपालीसँग समेत अन्तरक्रियामा सहभागी भएर आफ्नो पक्षमा सकारात्मक माहोल तयार गरेका छन् । 

आइतबार एक भर्चुअल अन्तरक्रिया कार्यक्रममा उनले पहिलो पटक सांसद भएपछि बागलुङको सडक, खानेपानी, सिंचाइ र स्वास्थ्य चौकी भवन निर्माणमा प्राथमिकता दिएको बताए । उनले विकासको पूर्वाधारको लागि कनेक्टिभिटी महत्त्वपूर्ण रहेको बताए । यद्यपि केही काम पूरा गर्न नसकिएको भन्दै पाठकले दोस्रो पटक निर्वाचित भएर ती अधुरा कार्य पूरा गर्ने बताए । मध्य पहाडी राजमार्गको फोटो राखेर गिज्याउन खोज्नेहरूप्रति इंगित गर्दै उनले भने, ‘मैले मध्य पहाडी लोकमार्गको पिच समय सीमाभित्र सक्नुपर्छ भनेर पटक पटक संसद्मा बोलेको छु । जिल्लामा सिडियोलगायत सरोकारहरूसँग पटक पटक वार्ता गरेको छु । तर प्रोजेक्ट म्यानेजर र ठेकेदारको मिलोमतोका कारणले सो राजमार्ग अलपत्र पार्ने काम भयो ।’

पाठकले लापरवाही गर्ने ठेकेदारमाथि कारवाही गर्न प्रयास गरिए पनि कानून बाधक भएको जिकिर गरे । उनले भने, ‘ठेक्का नै रद्द गरेर नयाँ ठेक्का दिएर सडक पिच गर्न सिफारिस गरिएको थियो । तर कानुनले प्रोजेक्ट म्यानेजरको सिफारिसबिना उक्त ठेक्का रद्द गर्न नमिल्ने भएका कारणले हामीले ठेकेदार कम्पनीलाई कारवाही गर्न सकेनौँ, अब राज्यभन्दा पनि ठेकेदारहरू बलिया भएका हुन् कि भन्ने प्रश्न उठेको छ ।’ उनले आफूसँग निर्वाचन क्षेत्रमा प्रत्यासी रहेका ८० वर्षीय चित्रबहादुर केसी दुई पटक सांसद र उपप्रधानमन्त्री हुँदा जिल्लाको विकासमा के कस्तो काम गरे भनेर प्रश्न गर्नसमेत मतदातालाई आग्रह गरे । 

पाठकले प्रतिनिधि सभाको सदस्यका रूपमा आफूले कानुन निर्माणमा केन्द्रित हुनुपर्ने भएका कारणले संसद्लाई केन्द्रबिन्दु बनाए विगत पाँच वर्ष सक्रिय भूमिका खेलेको दाबी गरे । उनले गैरआवासीय नेपालीहरूका हक र अधिकारहरूका नागरिकताको निरन्तरता, मताधिकार, पिएनओलगायतका मुद्दा संसद्मा बुलन्द पारेको बताए । वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषको दायराभित्र ल्याइनुपर्ने पनि उनको भनाइ थियो ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  १२ : २८ बजे

टिकट नपाए पनि विचलित छैन : झपट रावल

काठमाडौं – नेकपा (एमाले)का केन्द्रीय सदस्य झपट बहादुर रावलले पार्टीको

प्रतिनिधिसभा निर्वाचन : गोकुल बाँस्कोटालाई ओलीले दिएनन् टिकट

काठमाडौँ – नेकपा एमालेकोे आन्तरिक विवाद चर्किँदो छ । पार्टीको

रुख चुनाव चिन्हबाहेक अन्यथा कल्पना गर्न सक्दिनँ : पूर्णबहादुर खड्का

काठमाडौँ – नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रुख

ताप्लेजुङमा एमालेले क्षितिज थेबेलाई उम्मेदवार बनाउने

काठमाडौं – नेकपा एमालेले ताप्लेजुङमा युवा नेता क्षितिज थेबेलाई उम्मेदवार

एमाले र परिवार दलबीच चुनावी सहकार्यको सहमति

काठमाडौं – नेकपा (एमाले) र नेपाल परिवार दलबीच चुनावी सहकार्यमा