पालासँगै चिया खाने मट्काको माग बढ्दो | Khabarhub Khabarhub

पालासँगै चिया खाने मट्काको माग बढ्दो


७ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

खजुरा- बाँके नेपालगञ्ज उपमहानगरपालिका वडा नंं १३ लोधइगाउँका ४६ वर्षीय राम अचल कुमालले तिहारका लागि १५ हजार पाला बिक्री गरिसकेका छन्। तिहारमा माटोको पाला बनाउन उनलाई भ्याइनभ्याइ छ । तिहारमा बत्ती बाल्न पालाको प्रयोग गरिने हुँदा बजारको मागअनुसारका पाला तयार गर्नमा उनी व्यस्त छन्। 

कुमालले भने , ‘तिहारलाई आवश्यक पालाको माग पूरा गर्न दुई महिना अगाडिदेखि नै पाला बनाउन सुरु गर्नुपर्छ, तिहारसम्ममा २० हजार पाला बिक्री गर्ने लक्ष्य लिएको छु ।’ आफ्ना बाबुबाजेले माटोका भाँडा बनाएको देखेर पनि सानै उमेरदेखि पाला बनाउन थालेको उनको भनाइ छ । पुर्खाको पेशालाई धान्दै कुमालले लामो समयदेखि व्यावसायिकरुपमा नै माटोका सामान बनाउँदै आएका छन् ।

उनले पालासँगै भुर्की, गल्लक, हात्ती घोडा, भुर्का जस्ता खेलौनासमेत बनाउँछन् । भाइटीकाको दिन भुर्की पुजनका बेला ती सामग्री बढी प्रयोग हुने गर्दछ ।उनी जस्तै नेपालगञ्ज-६ फुल्टेक्राका रामसेवक कुमाल पनि माटाको भाँडा बनाउन व्यस्त छन्। उनले पनि तिहारमा १२ हजार पाला बिक्री गरिसकेका छन । ‘अझै माग छ बनाइरहेको छु’, उनले  भने, ‘पालासँगै चिया खाने मट्काका पनि माग बढी भएकाले त्यो पनि बनाउँछु, अहिलेलाई पाला मात्रै बनाइरहेको छु ।’

नेपालगञ्जमा कुमाल पेशा गर्दै आएका परिवारको एक टोल छ । पछिल्लो समय प्लाष्टिकका सामान बजारमा आउँदा माटाका भाँडा बिक्री हुन छाडेपछि पेशा नै लोप हुने अवस्था पुगेको नेपालगञ्ज–६ का श्यामलाल कुमालको दुखेसो छ । उनले भने, ‘माटाका भाँडा तयार गर्दा मेहनत र समय बढी लाग्छ तर आधुनिकतासँगै यो सामग्री नै बिक्री नहुँदा हाम्रो पेशा लोप हुने देखिन्छ ।’

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  १२ : ४२ बजे

सिरहामा यसवर्षको रोपाइँ अन्तिम चरणमा

सिरहा– लामो समयको खडेरीपछि सिरहामा रोपाइँ अन्तिम चरणमा पुगेको छ

नारायणी डेभलपमेन्ट बैंकको सिइओमा पशुपति पौडेल नियुक्त

काठमाडौं – नारायणी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा पशुपति

नेपाल इन्स्योरेन्स हकप्रद शेयरमा आवेदन दिने अन्तिम दिन

काठमाडौं – नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयरमा सोमबार (भदौ

बूढानीलकण्ठमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं – काठमाडौंको बूढानीलकण्ठमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

दार्चुला–गोकुेलेश्वर सडकमा पहिरो, तेर्छालेक रनेबास  क्षेत्र अवरुद्ध

खलङ्गा– वर्षापछि आएको पहिरोले दार्चुला–गोकुेलेश्वर सडक अन्तर्गत तेर्छालेक रनेबास क्षेत्र