लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन आवश्यक : वरिष्ठ नेता पौडेल « Khabarhub

लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन आवश्यक : वरिष्ठ नेता पौडेल


७ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ७० वर्षसम्म सङ्घर्ष गरेर स्थापना गरिएको लोकतन्त्र र संविधानमाथि प्रहार भएकाले त्यसको रक्षाका लागि गठबन्धन आवश्यक भएको बताएका छन् ।

वाम लोकतान्त्रिक गठबन्धनको वाग्मती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै उनले आफूहरूको गठबन्धन सही र वस्तुनिष्ठ रहेको बताए । देशको भविष्य बचाउँदै परिवर्तनको रक्षाका लागि, शान्ति र समृद्धिका लागि हामीहरू एकठाँउमा उभिएको उल्लेख गर्दै उहाँले सुशासन, प्रगति र लोकतन्त्रको पक्षमा उभिएकाले वाम लोकतान्त्रिक गठबन्धन एजेण्डासहित अगाडि बढेको स्पष्ट पारे ।

राष्ट्रको प्रतिभा र श्रम शक्तिलाई देशभित्रै राख्ने एजेण्डासहित आफूले निर्वाचन लडेको जानकारी दिँदै उनले भने ‘देशको अवस्था बदल्नका लागि हामी एकठाँउमा उभिएका छौँ । राष्ट्र अगाडि बढ्ने बाटो प्रष्ट पारेर अगाडि बढेका छौँ ।’ उच्च मनोबलका साथ जनताका घर दैलोमा जान उनले नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

वरिष्ठ नेता पौडेलले गठबन्धनका तर्फबाट उठाइएका सबै उम्मेदवारलाई विजयी गराउन आग्रह गरे । उनले नेपाली कांग्रेस, माओवादी, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चाका उम्मेदवार नभनी गठबन्धनको उम्मेदवार भन्ने ठानेर एक अर्कालाई विजयी गराउन आग्रह गरे ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  १ : ४६ बजे

टिकट नपाए पनि विचलित छैन : झपट रावल

काठमाडौं – नेकपा (एमाले)का केन्द्रीय सदस्य झपट बहादुर रावलले पार्टीको

प्रतिनिधिसभा निर्वाचन : गोकुल बाँस्कोटालाई ओलीले दिएनन् टिकट

काठमाडौँ – नेकपा एमालेकोे आन्तरिक विवाद चर्किँदो छ । पार्टीको

रुख चुनाव चिन्हबाहेक अन्यथा कल्पना गर्न सक्दिनँ : पूर्णबहादुर खड्का

काठमाडौँ – नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रुख

ताप्लेजुङमा एमालेले क्षितिज थेबेलाई उम्मेदवार बनाउने

काठमाडौं – नेकपा एमालेले ताप्लेजुङमा युवा नेता क्षितिज थेबेलाई उम्मेदवार

एमाले र परिवार दलबीच चुनावी सहकार्यको सहमति

काठमाडौं – नेकपा (एमाले) र नेपाल परिवार दलबीच चुनावी सहकार्यमा