पत्रकार महासङ्घले सदस्य शुद्धीकरण अभियान सञ्चालन गर्ने  « Khabarhub

पत्रकार महासङ्घले सदस्य शुद्धीकरण अभियान सञ्चालन गर्ने 


७ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बुटवल– नेपाल पत्रकार महासङ्घ रूपन्देही शाखाले सदस्य शुद्धीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । उक्त शाखाको आइतबार बुटवलमा सम्पन्न साधारणसभाले पत्रकारिता पेशा छाडेकालाई सम्मानजनक स्थान दिएर सदस्य शुद्धीकरण गर्ने प्रस्ताव पारित गरेको हो । यो प्रस्तावले  महासङ्घलाई सदस्य शुद्धीकरण गर्ने बाटो खुल्ला गरेको छ । 

कुनै समयमा सक्रिय पत्रकारिता गरेका तर पछिल्लो समय पत्रकारिता छाडेर अन्य पेशा तथा व्यवसायमा संलग्नलाई सम्मानजनक स्थान दिएर सदस्य शुद्धीकरण अभियान चलाउने प्रस्ताव सर्वसम्मत पारित भएको हो । त्यस्तै बुटवलमा पत्रकारिता र आमसञ्चार विषयमा उच्च तहको शिक्षा अध्ययनका लागि पहल गर्ने र महासङ्घको अगुवाइमा ‘पत्रकारिता अध्ययन तथा अनुसन्धान केन्द्र’ स्थापनाका लागि स्थानीय सरकारसँग समन्वय गरी जग्गा व्यवस्था गर्ने प्रस्ताव पनि पारित भएको छ । साधारणसभाले सदस्य शुद्धीकरण, पत्रकारिता अध्ययन तथा अनुसन्धान केन्द्र स्थापनासहित १२ बुँदे प्रस्ताव पारित गरेको अध्यक्ष रामराज पोख्रेलले जानकारी गराए ।

महासङ्घका सचिव विनोद परियारका अनुसार सदस्य पत्रकारको तत्कालीन र दीर्घकालीन समस्या र स्वास्थ्योपचारमा सहयोग गर्नेगरी पत्रकार कल्याणकारी कोष वृद्धि गर्ने, पत्रकारको सुरक्षाका लागि दुर्घटना बीमालाई निरन्तरता दिँदै निःशुल्क स्वास्थ्य बीमाका लागि पहल गर्ने, पत्रकारिता पुरस्कारको राशि बढाउने र महिला पत्रकारिता कोष स्थापनाका लागि पहल गर्नेजस्ता प्रस्ताव पनि पारित भएका छन् ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  १ : ५१ बजे

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को