पत्रकार महासङ्घले सदस्य शुद्धीकरण अभियान सञ्चालन गर्ने  « Khabarhub

पत्रकार महासङ्घले सदस्य शुद्धीकरण अभियान सञ्चालन गर्ने 


७ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बुटवल– नेपाल पत्रकार महासङ्घ रूपन्देही शाखाले सदस्य शुद्धीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । उक्त शाखाको आइतबार बुटवलमा सम्पन्न साधारणसभाले पत्रकारिता पेशा छाडेकालाई सम्मानजनक स्थान दिएर सदस्य शुद्धीकरण गर्ने प्रस्ताव पारित गरेको हो । यो प्रस्तावले  महासङ्घलाई सदस्य शुद्धीकरण गर्ने बाटो खुल्ला गरेको छ । 

कुनै समयमा सक्रिय पत्रकारिता गरेका तर पछिल्लो समय पत्रकारिता छाडेर अन्य पेशा तथा व्यवसायमा संलग्नलाई सम्मानजनक स्थान दिएर सदस्य शुद्धीकरण अभियान चलाउने प्रस्ताव सर्वसम्मत पारित भएको हो । त्यस्तै बुटवलमा पत्रकारिता र आमसञ्चार विषयमा उच्च तहको शिक्षा अध्ययनका लागि पहल गर्ने र महासङ्घको अगुवाइमा ‘पत्रकारिता अध्ययन तथा अनुसन्धान केन्द्र’ स्थापनाका लागि स्थानीय सरकारसँग समन्वय गरी जग्गा व्यवस्था गर्ने प्रस्ताव पनि पारित भएको छ । साधारणसभाले सदस्य शुद्धीकरण, पत्रकारिता अध्ययन तथा अनुसन्धान केन्द्र स्थापनासहित १२ बुँदे प्रस्ताव पारित गरेको अध्यक्ष रामराज पोख्रेलले जानकारी गराए ।

महासङ्घका सचिव विनोद परियारका अनुसार सदस्य पत्रकारको तत्कालीन र दीर्घकालीन समस्या र स्वास्थ्योपचारमा सहयोग गर्नेगरी पत्रकार कल्याणकारी कोष वृद्धि गर्ने, पत्रकारको सुरक्षाका लागि दुर्घटना बीमालाई निरन्तरता दिँदै निःशुल्क स्वास्थ्य बीमाका लागि पहल गर्ने, पत्रकारिता पुरस्कारको राशि बढाउने र महिला पत्रकारिता कोष स्थापनाका लागि पहल गर्नेजस्ता प्रस्ताव पनि पारित भएका छन् ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  १ : ५१ बजे

परराष्ट्रमन्त्री खनाल सर्बिया जाने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल भदौ १४ गते तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डलको

पशुपतिनाथमा ३२५ भक्तजनले गरे रसिद काटी विशेष पूजा

काठमाडौं– पशुपतीनाथ मन्दिरमा आज विशेष पूजा सम्पन्न भएको छ । पशुपतिनाथ

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश, २४ घण्टाभित्र लिखित जवाफ माग

काठमाडौं– सर्वोच्च अदालतले दुर्गा प्रसाद प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमा

कोशी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट आज विश्वासको मत

चल्ला बोकेर माइतीघरमा उत्रिए पोल्ट्री व्यवसायी

काठमाडौं– भारतीय कुखुराको तस्करी रोक्नुपर्ने, बिचौलियाको चलखेल नियन्त्रण गर्नुपर्ने तथा नेपाली