राष्ट्रपतिद्वारा नवदुर्गा मन्दिरमा श्वेत भैरवको पूजा « Khabarhub

राष्ट्रपतिद्वारा नवदुर्गा मन्दिरमा श्वेत भैरवको पूजा


७ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

पाटन– राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान ललितपुरको गोदावरी नगरपालिकाको ठेचोस्थित नवदुर्गा मन्दिरमा श्वेत भैरवको पूजा गरेकी छिन् । बाह्र वर्षमा एकपटक मञ्चन गराइने उक्त जात्राको अवसरमा आज बिहान ९ बजे त्यहाँ पुगी उनले  पूजा गरेको वडाध्यक्ष जगत महर्जनले जानकारी गराए ।

परम्पराअनुसार राष्ट्रप्रमुखका हैसियतमा राष्ट्रपति भण्डारी पूजाका लागि यहाँ आएको नवदुर्गा गुठीका सदस्य प्रशान्त मालीले बताए । आज अपरान्ह यो नृत्य मञ्चन गरिने छ  । श्वेत भैरवको नृत्य १२ वर्षमा एक पल्ट मात्र मञ्चन गरिन्छ ।

यो नृत्य कुनै स्थानीयवासीले पुनःहेर्न गुठीसँग अनुरोध गरेमा  सबै सामग्री तयार पार्न लगाएर मञ्चन गराउन पनि सकिन्छ । श्वेत भैरवको नृत्य निःसन्तान दम्पतीले हेरेमा सन्तान प्राप्ति हुने धार्मिक विश्वास रहेको स्थानीयवासी चक्र महर्जनले बताए । साउन १० गते घण्टाकर्ण चतुर्दशीदेखि सुरु भएको जात्रामा दसैँको फूलपातीका दिन सुनाकोठीको बालकुमारी मन्दिर परिसरमा कुल्पी यज्ञ आयोजना गरिएको थियो ।

उक्त यज्ञका लागि दक्षिण ललितपुरको तीनपाने भञ्ज्याङको जङ्गलबाट स्वसी आगँसी ल्याइएको थियो । कोजाग्रत पूर्णिमाको भोलिपल्ट ठेचोस्थित दूरीखेलमा देशभोज आयोजना गरिएको थियो ।

जात्रा आगामी फागुन-चैत्रमा साइत हेरेर सम्पन्न गरिने गुठीले जनाएको छ । जात्राका लागि गोदावरी नगरपालिकाले ५० लाख उपलब्ध गराएको नवदुर्गा गुठीका सदस्य मालीले जानकारी दिए ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  २ : १३ बजे

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति