इटालीकी नवनियुक्त प्रधानमन्त्री मेलोनीद्वारा एकताका लागि आह्वान « Khabarhub

इटालीकी नवनियुक्त प्रधानमन्त्री मेलोनीद्वारा एकताका लागि आह्वान


७ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इटालीकी नवनियुक्त प्रधानमन्त्री जर्जिया मेलोनीले देशमा एकताका लागि सबै राजनीतिक दल तथा सबै पक्षलाई आह्वान गरेकी छिन् । देशमा राजनीतिकलगायतका समस्याहरु उत्पन्न भइरहेका बेला उनले नयाँ प्रधानमन्त्रीको सपथ लिएसँगै सो आग्रह गरेकी हुन् ।

उनले शनिबार इटालीको पहिलो महिला प्रधानमन्त्रीका रुपमा सपथ लिएकी थिइन् । उनलाई त्यहाँका पूर्व प्रधानमन्त्री मारियो ड्राघीले एक समारोहबीच पद हस्तान्तरण गरेका हुन् । सन् २०२१ को जनवरीमा ड्राघी प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनी त्यसअघि गभर्नरका रुपमा कार्यरत रहेका थिए । उनी केही समयदेखि काम चलाउ प्रधानमन्त्रीका रुपमा रहेका थिए ।

मेलोनीको दलले हालै सम्पन्न भएको संसदीय निर्वाचनमा २६ प्रतिशतमात्र मत प्राप्त गरेको थियो । तर पनि उनलाई प्रधानमन्त्रीका रुपमा नियुक्त गरेर नयाँ सरकार गठन गर्न पूर्वप्रधानमन्त्री ड्राघीले आग्रह गरेका हुन् ।

उनले हाल आफ्ना पार्टीका मात्र सदस्य समेटेर सानो सरकार बनाएकी छिन् र अरु राजनीतिक दलहरुलाई पनि सरकारमा समावेश हुन आग्रह गरेकी छिन् । उनले आइतबार टेलिभिजनमार्फत् देशवासीका नाममा सम्बोधन गर्दै देशमा कैयौँ राजनीतिक समस्याहरु रहेकाले तिनको समाधानका लागि सबै राजनीतिक दल मिलेर सरकार निर्माण गर्नुपर्ने धारणा राखिन् ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  २ : १९ बजे

कर्णाली सरकारद्वारा दुई विधेयक स्वीकृत

कर्णाली– कर्णाली प्रदेश सरकारले दुई विधेयक स्वीकृत गर्ने निर्णय गरेको

इरानका सर्वोच्च नेताको मृत्युपछि पाकिस्तानमा हिंसा भड्किँदा सात जनाको मृत्यु

काठमाडौं- अमेरिका र इजरायली हवाई आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह

खानेपानी अभावपछि गाउँ हुन थाल्यो खाली

पाँचथर– कुनै समय यहाँको तुम्बेवा गाउँपालिका–१ ढुकुरेमा बाक्लो बस्ती थियो ।

ओलम्पिक कमिटीले काठमाडौंमा ‘एसियन गेम्स फन रन’ आयोजना गर्ने

काठमाडौं– नेपाल ओलम्पिक कमिटीले फागुन ३० गते शनिबार काठमाडौंमा ‘एसियन

उम्मेदवारको चुनावी खर्च पारदर्शी नभएको निर्वाचन संयुक्त पर्यवेक्षण समितिको निष्कर्ष

काठमाडौं– प्रतिनिधिसभा निर्वाचन संयुक्त पर्यवेक्षण समितिले निर्वाचनमा उम्मेदवारहरूले खर्चमा पारदर्शिता