युगान्डाको राजधानी कम्पालामा थप ९ जना इबोलाका बिरामी फेला « Khabarhub

युगान्डाको राजधानी कम्पालामा थप ९ जना इबोलाका बिरामी फेला


७ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफ्रिकी मुलुक युगान्डाको राजधानी कम्पालामा थप ९ जना इबोलाका बिरामी फेला परेका छन् । त्यहाँको स्वास्थ्य मन्त्रालयले सोमबार जनाएअनुसार राजधानी कम्पालामा थप ९ जना इबोलाका बिरामी फेला परेका हुन् ।

यससँगै पछिल्ला दुई दिनमा त्यहाँ इबोलाका १४ जना बिरामी फेला परेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

युगान्डाको मध्य भागमा गत सेप्टेम्बरदेखि इबोलाका प्रकोप देखिएको छ । १६ लाख जनसङ्ख्या रहेको कम्पालामा यही महिनाको सुरुबाट इबोलाका बिरामी देखिन थालेका थिए ।

कसान्डा जिल्लाबाट आएका एक जना बिरामीबाट पहिलो पटक इबोला भाइरस कम्पाला प्रवेश गरेको जनाइएको छ । बिरामी भई कम्पालामा उपचारका लागि आएका ती बिरामीको पछि मृत्यु भएको थियो ।

आइतबार फेला परेका ९ जनामध्ये ७ जना मृतकका परिवारका सदस्य रहेको र उनीहरु कम्पालाको मसानाफू क्षेत्रका बासिन्दा रहेको युगान्डाका स्वास्थ्यमन्त्री जेन रुथ एकेङले सामाजिक सञ्जाल ट्विटरमार्फत् जानकारी दिएका छन् ।

‘युगान्डेलीहरु, सतर्क रहौँ । यदी तपाईसँग वा तपाईँले चिनेका कसैसँग (रोगीको) सम्पर्क भएको छ भने जानकारी गराऔँ ।’ उनले ट्विटरमा उल्लेख गरेका छन् ।

युगान्डाका स्वास्थ्य मन्त्रालयका प्रवक्ता इम्मानुएल ऐनिब्याउनाले कम्पालामा देखिएका सबै बिरामीहरु आइसोलेसनमा रहेको जनाएका छन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार युगान्डामा इबोलाका ९० पुष्टि भएका वा संकास्पद बिरामीहरु देखा परेका छन् । तीमध्ये ४४ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ४ : ०६ बजे

बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै

नेपालगञ्ज– बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै जान थालेको छ

नागरिक आवास कार्यक्रम रकम कटौति भएपछि…

भोजपुर– सङ्घीय सरकारले बजेट नदिएपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकाले सुरक्षित

उच्च पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

उम्मेदवारका लागि खाता सञ्चालन गरिदिन राष्ट्र बैंकलाई आयोगको पत्राचार

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको उम्मेदवारका लागि बैङ्किङ खाता

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा हिमपात भएको भएको छ । गतभदौदेखि वर्षात् नभएको