सुर्खेतमा साँझ ७ बजेपछि देउसीभैलो खेल्न रोक « Khabarhub

सुर्खेतमा साँझ ७ बजेपछि देउसीभैलो खेल्न रोक


७ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जिल्ला प्रशासन कार्यालय सुर्खेतले साँझ ७ बजेपछि देउसीभैलो खेल्न रोक लगाउने भएको छ । तिहारको समयमा राति अबेरसम्म देउसीभैलो खेल्दा झगडा, विवाद र विभिन्न अपराधिक घटना हुने भन्दै साँझ ७ बजेपछि देउसीभैलो बन्द गरेको हो ।

प्रशासनले देउसीभैलो कार्यक्रम बिहान ७ देखि बेलुका ७ बजेसम्म मात्रै खेल्नका लागि समय तोकेको छ ।

तिहारको समयमा दियो, मैनबत्ती, पालाहरू बाल्ने एवं विद्युतीय उपकरणहरू प्रयोग गरी दीपावली मनाउँदा आगजनी जस्ता विपतजन्य घटनाहरू हुन सक्ने भएकाले राति ७ बजेपछि तिहारको गतिविधि नगर्न आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्रबहादुर मल्ले बताए ।

प्रशासन कार्यालय सुर्खेतले जिल्लाभर पटाका, अतिसबाजी जस्ता प्रज्ज्वलनशील पदार्थको ओसारपसार नगर्न तथा नपड्काउन अनुरोध गरेको छ । उक्त कार्य गरेको पाइएको खण्डमा प्रशासनले कारवाही गर्ने जनाएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ६ : ४० बजे

ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर स्थानीय तहको निर्वाचन तयारीमा लागौँ

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना मतभेदलाई

आर्थिक विकासका लागि सरकारले निजी क्षेत्रलाई सहजीकरण गर्नुपर्ने

काठमाडौं– नेकपा एमालेका नेता एवं पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले आर्थिक विकासका

बेनीको शिरमा रहेको पाखो चर्किएर पहिरो खस्न थाल्यो

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारको शिरमा रहेको पाखो धाँजा फाटेर

राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाबाट ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक,

कांग्रेसका कार्यकर्तामाथि आक्रमण गर्नेलाई कारबाही गर्न सहमहामन्त्री संग्रौलाको माग

विराटनगर– नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डीला संग्रौलाले मोरङ निर्वाचन क्षेत्र