ऋषि सुनाक बने बेलायतको नयाँ प्रधानमन्त्री « Khabarhub

ऋषि सुनाक बने बेलायतको नयाँ प्रधानमन्त्री


७ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतीय मूलका कन्जरभेटिभ सांसद ऋषि सुनाक बेलायतको नयाँ प्रधानमन्त्री बनेका छन् । उनका प्रतिस्पर्धी पेनी मोर्डन्ट प्रधानमन्त्री बन्ने दौडबाट पछि हटेसँगै सुनाक बेलायतको नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।

नयाँ प्रधानमन्त्रीले चाँडै सांसद्हरुलाई सम्बोधन गर्ने कार्यक्रम रहेको कन्जरभेटिभ पार्टीको १९२२ समितिका अध्यक्ष सर ग्राहम ब्रेडीले पुष्टि गरेको बीबीसीले जनाएको छ ।

अन्तिम समयमा पेनी मोर्डन्टले प्रधानमन्त्री बन्ने प्रतिस्पर्धाबाट आफू पछि हटेको घोषणा गरेकी हुन् । यससँगै प्रधानमन्त्री बन्ने दौडमा सुनाक एक मात्रै प्रत्याशी बाँकी रहेका छन् ।

यसअघि बेलायतका पूर्व प्रधानमन्त्री बोरिस जोनसनले पनि प्रधानमन्त्री बन्ने दौडबाट पछि हटेको घोषणा गरेका थिए । जोनसनको घोषणासँगै कन्जरभेटिभ पार्टीको नेतृत्वका लागि एवम् नयाँ प्रधानमन्त्री बन्नका लागि मोर्डन्ट र सुनाकमात्र बाँकी रहेका थिए ।

गत बिहीबार प्रधानमन्त्री लिज ट्रसले पदबाट राजीनामा दिएसँगै सत्तारुढ कन्जरभेटिभ पार्टीले नयाँ प्रधानमन्त्री चयन गर्न लागेको हो ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ६ : ५६ बजे

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति