जी-२० बैठकमा सहभागी हुन लाभरोभ एटलान्टामा « Khabarhub

जी-२० बैठकमा सहभागी हुन लाभरोभ एटलान्टामा


१३ कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

एटलान्टा– रुसी विदेशमन्त्री सेर्गेई लाभरोभ जी–२० विदेशमन्त्रीस्तरीय बैठकमा सहभागी हुन शुक्रबार अमेरिकाको एटलान्टा पुगेका छन् । अक्टोबर ३० र ३१ मा हुने बैठकमा विश्वव्यापी अर्थतन्त्र, भू–राजनीतिक तनाव र सुरक्षा चुनौतीबारे छलफल हुनेछ ।

स्पुतनिकका अनुसार लाभरोभले अमेरिकी विदेशमन्त्री मार्को रुबियो, युरोपेली सङ्घ (इयु) की विदेश नीति प्रमुख काजा कालास र चीनलगायत देशका प्रतिनिधिसँग भेटवार्ता गर्नेछन् ।

बैठकमा आपूर्ति शृङ्खलाको अवरोध, समुद्री आवागमनको स्वतन्त्रता तथा ऊर्जा र खाद्य सुरक्षाका विषयमा छलफल हुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

भारतका विदेशमन्त्री एस जयशङ्करले पनि बैठकमा सहभागी भई क्वाड विदेशमन्त्रीस्तरीय बैठक तथा द्विपक्षीय छलफलमा भाग लिनेछन् ।

त्यसपछि उनले नोभेम्बर १ देखि ४ सम्म एन्टिगुवा र बारबुडामा हुने राष्ट्रमण्डल सरकार प्रमुखहरूको बैठकमा भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन्  ।

एटलान्टाको बैठकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आगामी जी–२० नेताहरूको शिखर सम्मेलनका लागि आर्थिक एजेन्डा तय गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

जी–२० मा १९ देश तथा युरोपेली सङ्घ (इयु) र अफ्रिकी सङ्घ सदस्य छन् । यसले विश्वको कुल गार्हस्थ उत्पादनको करिब ८५ प्रतिशत, अन्तर्राष्ट्रिय व्यापारको ७५ प्रतिशतभन्दा बढी र विश्व जनसङ्ख्याको दुई तिहाइ प्रतिनिधित्व गर्छ । यसको अध्यक्षता सदस्य राष्ट्रहरूले आलोपालो गर्दै आएका छन् । रासस

प्रकाशित मिति : १३ कार्तिक २०८३, शुक्रबार  २ : ०७ बजे

विश्वको सर्वोच्च शिखर सूचीमा नेपालका थप छ हिमाल समेट्न प्रस्ताव

काठमाडाैँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल

सर्वोच्चको पूर्ण बैठकमा समसामयिक विषयमा छलफल

काठमाडौं– सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) मा न्यायालयमामाथि पछिल्ला दिनमा

बिरेन्द्रबजार–धाप्लाङ सडक कालोपत्रे हुने

काठमाडौं– उदयपुरको चौदण्डीगढी नगरपालिका–८ बिरेन्द्रबजारदेखि बोपुङ, कम्पुघाट र बाजगराहुँदै त्रियुगा

विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

काठमाडौं– विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडले वार्षिक १३

दुग्ध किसानको बक्यौता घटेर तीन करोडमा सीमित

काठमाडौं– विराटनगर स्थित विराटनगर दुग्ध वितरण आयोजनाले पूर्वका दुध कृषकहरूलाई