परिवर्तन विरोधीलाई निर्वाचनबाटै पराजित गर्नुपर्छ : मन्त्री भुसाल « Khabarhub

परिवर्तन विरोधीलाई निर्वाचनबाटै पराजित गर्नुपर्छ : मन्त्री भुसाल


७ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले संविधान कार्यान्वयन गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा लैजानुपर्ने बताएकी छन्। मगर समाज सेवा केन्द्र ललितपुरले आज आयोजना गरेको ‘देउसी भैलो’ कार्यक्रममा उनले संविधानको रक्षा गर्दै यसको पूर्ण कार्यान्वयनमा जानुपर्ने बताईन् ।

‘संविधानले उत्पीडित वर्ग, क्षेत्र, लिङ्ग र समुदायलाई अधिकार दिएको छ । संविधानको रक्षा गर्दै आर्थिक सामाजिक विकासमा लाग्नुपर्छ’, प्रतिनिधिसभा ललितपुर क्षेत्र नं ३ का उम्मेदवारसमेत रहनुभएकी मन्त्री भुसालले भनिन् ।

संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षधरको वर्तमान सत्ता गठबन्धनलाई निर्वाचनमा विजयी गराएर परिवर्तनलाई संस्थागत गराउनुपर्ने उनको भनाइ थियो । ‘संविधान, गणतन्त्र, समानुपातिक समावेशीताको विरोध गर्ने तथा राजतन्त्रको पक्षधर अहिले एक ठाउँमा छन्, उनीहरुबाट जनताको सङ्घर्षबाट प्राप्त उपलब्धि खतरामा छ’, उनले भने, ‘परिवर्तन विरोधीलाई निर्वाचनको मोर्चाबाटै पराजित गर्न अग्रगामी पक्षधरको गठबन्धन बनेको हो ।’

मन्त्री भुसालले मुलुकमा दिगो शान्ति, परिवर्तनलाई संस्थागत र आर्थिक सामाजिक विकास गर्न तथा सुदृढ राजनीतिक स्थिरताका लागि आसन्न निर्वाचनमा विवेक प्रयोग गर्न आममतदातामा आग्रह गरिन् ।‘पटकपटक संसद् विघटन गरी जनमतको अपमान गर्ने अवस्थाको अन्त्य गर्न सबै सचेत हुनुपर्छ’, उनले भने ।

सो अवसरमा नेपाली कांग्रेसका जिल्ला सभापति एवं ललितपुर क्षेत्र नं ३ (२)का उम्मेदवार जितेन्द्रकुमार श्रेष्ठले आगामी निर्वाचनमा विकासप्रेमी नेतालाई मत दिएर विजयी गराउन आग्रह गरे। उनले संविधानको रक्षा र जनताको पक्षमा निरन्तर लाग्ने दलका उम्मेदवार नै निर्वाचन जित्न योग्य रहेको दाबी गरिन् ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ८ : ३३ बजे

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

सुदूरपश्चिम – कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पर्यटन मन्त्रालयद्वारा पाँच निकायमा नयाँ पदाधिकारी नियुक्त, को कहाँ ?

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद