झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु | Khabarhub Khabarhub

झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु


७ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – दीपावलीका लागि झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर धनुषामा आज दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका २२ बसबिट्टी निवासी १९ वर्षीय अमित मिश्र र जनकपुरधाम उपमहानगरपालिका–९ निवासी १४ वर्षीय शिवराज यादव रहेको प्रहरीले जनाएको छ ।

दुवै जना आफ्नै घरमा दीपावलीका लागि झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर घाइते थिए । गम्भीर घाइते मिश्र र यादवको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषामा प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ९ : १९ बजे

महाधिवेशनपछि एकीकृत समाजवादी कम्युनिस्ट आन्दोलनको मूल केन्द्र बन्छ : घनश्याम भुसाल

काठमाडौं- नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले दशौँ महाधिवेशनपछि आफूहरूको

बजेटबारे संसद्‍मा एमालेको असन्तुष्टि, विष्णु पौडेलले भने : अर्थमन्त्रीले सल्लाह गरेनन्, सुझाव लिएनन्

काठमाडौं- प्रमुख सत्तारुढ नेकपा एमालेले आगामी आर्थिक वर्ष २०८१/८२ को

काठमाडौंबाट चार जना जुवाडे पक्राउ

काठमाडौं– काठमाडौं महानगरपालिका-६ बौद्ध महांकाल डेरा गरी बस्ने ओखलढुङगा मुलुङ

गगनले संसदीय समितिलाई भने : सहकारी ठगीमा गृहमन्त्री र महान्यायाधिवक्तासँग बयान लिनू

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी संस्थाहरूको बचत रकम

झलनाथ भन्छन् : अब देश समाजवादी क्रान्तितिर अघि बढ्छ

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले दशौँ