पूर्वी नवलपरासीमा पहिलो पटक छाला प्रत्यारोपण « Khabarhub

पूर्वी नवलपरासीमा पहिलो पटक छाला प्रत्यारोपण


७ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पूर्वी नवलपरासीमा पहिलो पटक छाला प्रत्यारोपण भएको छ । गत भदौमा आगोमा पोलिएका बिरामीको मध्यविन्दु जिल्ला अस्पतालमा पहिलो पटक छाला प्रत्यारोपण गरिएको हो । बुलिङटार–४ सिंचाङका ५१ वर्षीय तुलबहादुर सार्कीको आगोमा परेर पोलिएको दाहिने हातको निःशुल्क छाला प्रत्यारोपण गरिएको अस्पतालका जनरल सर्जन डा अर्चन घिमिरेले बताए ।

पहाडी भेगका विपन्न समुदायका उनको शल्यक्रिया भएपछि परिवारमा खुसी छाएको छ । उनकी श्रीमती पदमकुमारी सार्कीले भनिन्, ‘हामीलाई त पोलेको घाउ कसरी सञ्चो होला भनेको त छालासमेत राम्रो हुन्छभन्दा खुसी छौँ, अस्पतालबाट गाउँ जाँदा सबै खुसी हुन्छन् होला ।’

हातको कुहिनो (एल्बो) एरियामा पोलेको थियो विकट पहाडी बुलिङटार गाउँका अति विपन्न समुदायका व्यक्ति भएकाले अस्पतालको सामाजिक सेवा इकाइमार्फत उहाँको सम्पूर्ण खर्च निःशुल्क हुने गरी उपचार गरिएको सर्जन घिमिरेले बताए । जिल्लामा सरकारी र निजी क्षेत्रका स्वास्थ्य संस्थाबाट पहिलो पटक छाला प्रत्यारोपण गर्न अस्पताल सफल भएको हो ।

जनरल सर्जन डा अर्चन घिमिरे, डा कमलराज न्यौपाने, डा जितेन्द्र कण्डेलको टोलीले शल्यक्रियामार्फत छालाको प्रत्यारोपण गरेको थियो । जिल्ला अस्पतालबाट शल्यक्रियाको सेवा सुरु भएपछि यहाँका नागरिकले सेवा पाएका छन् ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ९ : ३९ बजे

परराष्ट्रमन्त्री खनाल सर्बिया जाने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल भदौ १४ गते तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डलको

पशुपतिनाथमा ३२५ भक्तजनले गरे रसिद काटी विशेष पूजा

काठमाडौं– पशुपतीनाथ मन्दिरमा आज विशेष पूजा सम्पन्न भएको छ । पशुपतिनाथ

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश, २४ घण्टाभित्र लिखित जवाफ माग

काठमाडौं– सर्वोच्च अदालतले दुर्गा प्रसाद प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमा

कोशी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट आज विश्वासको मत

चल्ला बोकेर माइतीघरमा उत्रिए पोल्ट्री व्यवसायी

काठमाडौं– भारतीय कुखुराको तस्करी रोक्नुपर्ने, बिचौलियाको चलखेल नियन्त्रण गर्नुपर्ने तथा नेपाली