प्रतिनिधिसभा समानुपातिकतर्फ कांग्रेस र एमालेले चार लाख कटाए « Khabarhub

प्रतिनिधिसभा समानुपातिकतर्फ कांग्रेस र एमालेले चार लाख कटाए


८ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


981
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधिसभा समानुपातिकतर्फ नेकपा (एमाले) ले चार लाख मतभन्दा बढी मत ल्याएको छ।

निर्वाचन आयोगले अद्यावधिक गरेको तथ्याङ्कअनुसार एमालेले चार लाख ५२ हजार सात सय ३० मत प्राप्त गरेको छ।

त्यसैगरी नेपाली कांग्रेसले चार लाख १६ हजार एक सय ८४ मत ल्याएको छ। अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टी दुई लाख ३४ हजार सातसय ४७ मतसहित तेस्रो स्थानमा छ। नेकपा (माओवादी केन्द्र) ले एक लाख ९२ हजार सात सय ४२ मत ल्याएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख २३ हजार नौ सय ९ , जनता समाजवादी पार्टी, नेपालले ५७ हजार नौ सय १०, मत पाएका छन्।

नेपाल मजदुर किसान पार्टीले ४२ हजार चार सय ५७, जनमत पार्टीले २८ हजार तीन सय ४४, नेकपा ९एकीकृत समाजवादी० ले २८ हजार तीन सय ७६ र नागरिक उन्मुक्ति पार्टीले २५ हजार छ सय १६ मत ल्याएको छ।

विभन्नि साना दलहरुको जोड्दा ९८ हजार पाँच सय १९ मत आएको छ। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा ६१ प्रतिशत मतदान भएको निर्वाचन आयोगको प्रारम्भिक अनुमान अनुसार समानुपातिक प्रणालीमा दलहरूले सिट पाउनका लागि तीन लाख २० हजार बढी मत ल्याउनुपर्ने छ।

प्रदेश सभा सदस्य समानुपातिकतर्फ पनि एमाले नै अग्रस्थानमा देखिएको छ। चार प्रदेशमा एमाले, दुई प्रदेशमा कांग्रेस र एक प्रदेशमा माओवादी अगाडि देखिएको छ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार  ५ : ०६ बजे

जर्मनीको बाल तथा मातृ कल्याण केन्द्रमा अन्धाधुन्ध गोली प्रहार, छ जनाको मृत्यु

काठमाडौँ – जर्मनीको उत्तरी सहर स्टेडस्थित एक बाल तथा मातृ

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले असार १६ गते मंगलबारका लागि

जर्मनीलाई हराउँदै पाराग्वे विश्वकपको अन्तिम १६ मा

काठमाडौँ – फिफा विश्वकप २०२६ मा एक अप्रत्याशित नतिजा निकाल्दै

‘इन्जुरी टाइम’को गोलसँगै जापानलाई हराउँदै ब्राजिल विश्वकपको अन्तिम १६ मा

काठमाडौँ – अतिरिक्त समयतर्फ धकेलिएको खेलको इन्जुरी समयमा ग्याब्रिएल मार्टिनेलीले

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असार १६ गते मंगलबार सन् २०२६