खोटाङ प्रदेशसभा (ख) मा कांग्रेसका भूपेन्द्र राई विजयी « Khabarhub

खोटाङ प्रदेशसभा (ख) मा कांग्रेसका भूपेन्द्र राई विजयी


८ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दिक्तेल – खोटाङ प्रदेशसभा (ख) वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका भूपेन्द्र राई भारी मतान्तरले विजयी भएका छन्।

निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का रामप्रसाद दङ्गालभन्दा दुई हजार एक सय ४० बढी मत ल्याएर राई प्रदेशसभा सदस्यमा विजयी भएका हुन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार राईले १६ हजार चार सय ९६ मत र दङ्गालले १४ हजार तीन सय ५६ मत प्राप्त गरेका छन्। विसं २०७४ को स्थानीय तहको निर्वाचनबाट दिप्रुङ चुइचुम्मा गाउँपालिकाको गाउँपालिका अध्यक्षमा विजयी राईले प्रदेशसभामा फड्को मारेका हुन् ।

गाउँपालिका अध्यक्षको जिम्मेवारीमा रहेका बेला राईले कोभिड सङ्क्रमितलाई पिठ्युँमा बोकेर स्वास्थ्य संस्था लगेर उपचार गराएर चर्चा कमाएका थिए ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार  ५ : २३ बजे

प्रधानमन्त्री बालेनको निर्देशनपछि स्वीकृत दरमै टिकट बेच्ने तयार भए वायुसेवा कम्पनी

काठमाडाैँ – नजिकिँदो चाडपर्वको मौका छोपेर हवाई भाडादर अत्यधिक बढाएको

मलेसियाको जोहोरमा वायु प्रदूषण बढेपछि विद्यालय बन्द

काठमाडौँ- मलेसियाको जोहोर राज्यमा वायु प्रदूषणको स्तर बढेपछि विद्यार्थीको स्वास्थ्य

कांग्रेस महाधिवेशन : शुक्रबार ७ बजेबाट मतदान

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज

साडीमा नचिनेपछि विपिन कार्कीप्रति इभा गिरीको आपत्ति, भनिन्- ‘उहाँहरूको सोचमै समस्या भयो’

काठमाडौं– टिकटकर तथा नवअभिनेत्री इभा गिरीले अभिनेता विपिन कार्कीले आफूलाई

इथियोपियामा लामो दूरीको आक्रमणको सम्भावनाबारे अमेरिकी दूतावासको चेतावनी

एजेन्सी– इथियोपियाली सैन्य प्रतिष्ठानलाई लक्षित गरी सम्भावित लामो दूरीको आक्रमण हुनसक्ने