पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा प्रतिनिधिसभा सदस्यमा निर्वाचित « Khabarhub

पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा प्रतिनिधिसभा सदस्यमा निर्वाचित


८ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

लमजुङ – प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उपमहासचिव पृथ्वीसुबा गुरुङ विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनतर्फबाट नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङलाई तीन हजार एक सय ८८ मतान्तरले पछि पार्दै एमालेका पृथ्वीसुब्बा विजयी भएका हुन् ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख नारायणप्रसाद सापकोटाका अनुसार विजयी पृथ्वीसुब्बाले ३४ हजार नौ सय ६९ मत प्राप्त गरेका छन् । पराजित गुरुङले ३१ हजार सात सय ८१ मत प्राप्त गरेका छन् । कूल एक लाख ३३ हजार पाँच सय ५९ मतदाता रहेकामध्ये ८० हजार एक सय ९२ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

एमाले नेता पृथ्वीसुब्बा विसं २०६४ मा तत्कालीन लमजुङ क्षेत्र नं २ बाट नेपाली कांग्रेसका दिलबहादुर घर्तीलाई हराउँदै विजयी भएका थिए । विसं २०७४ मा लमजुङ प्रदेश ‘२’ बाट गुरुङ आठ हजार चार सय एक मतान्तरले विजयी भएका थिए । गुरुङले २३ हजार एक सय ८८ मत प्राप्त गर्दा प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार कृष्णप्रसाद कोइरालाले १५ हजार एक सय २२ मत प्राप्त गरेका थिए । नेता गुरुङ विसं २०४८ यताका प्रत्येक संसदीय निर्वाचनमा सहभागी हुँदै आएका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार  ७ : ३५ बजे

काठमाडौंमा उत्पादित रायोको सागमा भेटियो झण्डै शतप्रतिशत विषादी 

काठमाडौं– काठमाडौंमा उत्पादित रायोको सागमा अत्यधिक मात्रामा विषादी भेटिएको छ

पल्सर स्पोर्ट्स अवार्ड पुस २३ गते पोखरामा हुने

काठमाडौं- २२ औं एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड पुस २३ गते

११औँ महाधिवेशनपछि एमाले सचिवालयको पहिलो बैठक (तस्बिरहरू)

काठमाडौं- नेकपा एमालेको ११औं महाधिवेशनपछि पार्टी सचिवालयको पहिलो बैठक सुरु

रवि–बालेन एकतापछि हर्क साम्पाङ आक्रोशित, बिहानदेखि मध्यदिनसम्म लेखिसके दर्जनबढी फेसबुक स्टाटस

काठमाडौं- परम्परागत ठूला राजनीतिक दललाई चुनौती दिने गरी राष्ट्रिय स्वतन्त्र

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

नेपालगञ्ज– बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला