विरोध खतिवडालाई पराजित गर्दै सांसद बने बर्तौला « Khabarhub

विरोध खतिवडालाई पराजित गर्दै सांसद बने बर्तौला


८ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – नेकपा (एस) का नेता विरोध खतिवडा नेकपा (एमाले) का उम्मेदवार महेश बर्तौलासँग पराजित भएका छन् ।

मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर–२ मा सत्तारुढ गठबन्धनका उम्मेदवार खतिवडालाई पराजित गर्दै बर्तौला विजयी भएका हुन् । बर्तौलाले खसेको कूल ८६ हजार तीन सय एकमध्ये ३४ हजार नौ सय १६ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी खतिवडाले ३० हजार तीन सय ९४ मत पाए ।

यस क्षेत्रमा प्रदेशका दुवै सिट गठबन्धनले जितेको छ । २ को ‘१’ मा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्यसमेत रहेकी बागमती प्रदेशकी सामाजिक विकासमन्त्री कुमारी मुक्तान विजयी भएकी छन् भने २ को ‘२’ मा नेपाली कांग्रेसका प्रदेश सभापति इन्द्र बानियाँ निर्वाचित भए ।

मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ को मतगणना भने जारी रहेको छ । १ मा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्यायले पछि पारिरहेका छन् भने राप्रपाका दीपकबहादुर सिंह सँगसँगै छन् । हेटौँडाको मुख्यबजार क्षेत्रको मत गणना बाँकी रहेको छ । यस क्षेत्रका प्रदेशका दुवै सिटको नतिजा भने सार्वजनिक भइसकेको छ । क्षेत्र नं १ को प्रदेशसभा १ मा माओवादीका प्रेमबहादुर पुलामी र २ मा एमालेका एकलाल श्रेष्ठ विजयी भए । संविधानसभा सदस्य पुलामी यसअघि पनि प्रदेशसभा सदस्य थिए। त्यस्तै एमाले मकवानपुरका अध्यक्ष समेत रहेका एकलाल भने संसदीय राजनीतिमा नयाँ अनुहार हुन् ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार  ७ : ५५ बजे

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको