विरोध खतिवडालाई पराजित गर्दै सांसद बने बर्तौला « Khabarhub

विरोध खतिवडालाई पराजित गर्दै सांसद बने बर्तौला


८ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – नेकपा (एस) का नेता विरोध खतिवडा नेकपा (एमाले) का उम्मेदवार महेश बर्तौलासँग पराजित भएका छन् ।

मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर–२ मा सत्तारुढ गठबन्धनका उम्मेदवार खतिवडालाई पराजित गर्दै बर्तौला विजयी भएका हुन् । बर्तौलाले खसेको कूल ८६ हजार तीन सय एकमध्ये ३४ हजार नौ सय १६ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी खतिवडाले ३० हजार तीन सय ९४ मत पाए ।

यस क्षेत्रमा प्रदेशका दुवै सिट गठबन्धनले जितेको छ । २ को ‘१’ मा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्यसमेत रहेकी बागमती प्रदेशकी सामाजिक विकासमन्त्री कुमारी मुक्तान विजयी भएकी छन् भने २ को ‘२’ मा नेपाली कांग्रेसका प्रदेश सभापति इन्द्र बानियाँ निर्वाचित भए ।

मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ को मतगणना भने जारी रहेको छ । १ मा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्यायले पछि पारिरहेका छन् भने राप्रपाका दीपकबहादुर सिंह सँगसँगै छन् । हेटौँडाको मुख्यबजार क्षेत्रको मत गणना बाँकी रहेको छ । यस क्षेत्रका प्रदेशका दुवै सिटको नतिजा भने सार्वजनिक भइसकेको छ । क्षेत्र नं १ को प्रदेशसभा १ मा माओवादीका प्रेमबहादुर पुलामी र २ मा एमालेका एकलाल श्रेष्ठ विजयी भए । संविधानसभा सदस्य पुलामी यसअघि पनि प्रदेशसभा सदस्य थिए। त्यस्तै एमाले मकवानपुरका अध्यक्ष समेत रहेका एकलाल भने संसदीय राजनीतिमा नयाँ अनुहार हुन् ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार  ७ : ५५ बजे

मतदाता सूची विवादमा निर्वाचन प्रमुखको राजीनामा माग

नयाँदिल्ली– विवादास्पद मतदाता सूची संशोधनको विरोधमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश

सञ्चार मन्त्रालय मातहतका निकायसँग कार्यसम्पादन सम्झौता

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र सञ्चारसचिव राजेन्द्रकुमार

क्यानाडासँग व्यापार वार्ता फेरि सुरु गर्न हतार छैन : ट्रम्प

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँग व्यापार वार्ता पुनः सुरु गर्न

बैतेश्वरमा भलिबलको रौनक, विजेतालाई १ लाख पुरस्कार

दोलखा– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा दोलखाको बैतेश्वर गाउँपालिका–७ पाल्ले

बाढीमा बेपत्ताको मृत्यु घोषणा गर्न कानुन संशोधन गर्दै छौँ : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले बाढीमा बेपत्ता