चितवन क्षेत्र नं २ मा रवि लामिछाने निर्वाचित « Khabarhub

चितवन क्षेत्र नं २ मा रवि लामिछाने निर्वाचित


८ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

चितवन – चितवन क्षेत्र नं २ मा भारी मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने निर्वाचित भएका छन् ।

लामिछानेले ३४ हजार एक सय ६२ मतान्तरले निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । तर औपचारिक घोषणा भने हुन बाँकी छ ।

उनले ४९ हजार दुई सय ६१ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका तर्फबाट उमेश श्रेष्ठले १५ हजार ९९ मत प्राप्त गरेका छन् । सोही क्षेत्रमा नेकपा (एमाले)का कृष्णभक्त पोखरेलले १४ हजार छ सय ४९ मत प्राप्त गरेका छन् ।

यस क्षेत्रमा ६७.३ प्रतिशत अर्थात् ८४ हजार तीन सय १५ मत खसेको थियो । लामिछानेलाई निकटतम् प्रतिस्पर्धी पोखरेल र प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले बधाई दिएका छन् । सो क्रममा लामिछानेले छलफल गरी आफू अघि बढ्ने बताएका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार  १२ : १३ बजे

सभापति देउवासँग कुरा नमिलेपछि बाहिरिए महामन्त्रीद्वय थापा र शर्मा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा

टिपर दुर्घटनामा एक युवकको मृत्यु

पाल्पा– पाल्पाको रिब्दीकोट गाउँपालिका–२ जोर्तेस्थित विश्वकर्मा मन्दिर नजिकै टिपर दुर्घटना

कांग्रेसको निर्णायक वार्ता महाराजगञ्जमा : सभापति देउवा र महामन्त्रीद्वयबीच छलफल

काठमाडौं – कांग्रेसको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा निवास

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट