मिलेर अघि बढ्न प्रचण्डलाई ओलीको आग्रह « Khabarhub

मिलेर अघि बढ्न प्रचण्डलाई ओलीको आग्रह


८ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम धमाधम आइरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई टेलिफोन सम्पर्क गरेका छन् ।

बिहीबार एमाले अध्यक्ष ओलीले माओवादी अध्यक्ष टेलिफोन गर्दै आगामी राजनीतिक कार्यदिशाको विषयमा छलफल गरेका छन् । दुई दलका अध्यक्षबीच आगामी राजनीतिक कार्यदिशाबारे कुराकानी भएको जनाइएको छ ।

टेलिफोन वार्ताका क्रममा दुई अध्यक्षले निर्वाचनमा विजयी भएकोमा एक अर्कालाई बधाई एवम् शुभकामना समेत दिएका छन् । टेलिफोन वार्ताका क्रममा ओलीले प्रचण्डलाई मिलेर अघि बढ्न प्रस्ताव गरेका थिए । यसबारे प्रचण्डले ओलीलाई सीधा जवाफ भने नदिएको बुझिएको छ ।

नेकपा विभाजनपछि ओली र प्रचण्डबीचको सम्बन्ध चिसिएको छ । चुनावअघि दुबै नेताले एकअर्काप्रति निकै आलोचनात्मक टिप्पणी गरेका थिए ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार  ६ : ३० बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।