फिफा विश्वकपमा स्विट्जरल्याण्डद्वारा क्यामरुन १–० ले पराजित « Khabarhub

फिफा विश्वकपमा स्विट्जरल्याण्डद्वारा क्यामरुन १–० ले पराजित


८ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्विट्जरल्याण्डले क्यामरुनलाई पराजित गर्दै कतारमा जारी फिफा विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ । कतारको अल जानुब स्टेडियममा आज भएको खेलमा क्यामरुनलाई १–० गोलले हराउँदै स्विट्जरल्याण्डले विजयी सुरुआत गरेको हो ।

स्विट्जरल्याण्डको जितमा ब्रिल एम्बोलोले गरेको एक गोल नै निर्णायक गोल साबित भयो । उनले खेलको ४८ औँ मिनेटमा साकिरीको पासमा गोल गरेका थिए ।

यस जितसँगै समूह ‘जी’ मा रहेको स्विट्जरल्याण्डले ३ अङ्क जोडेको छ । समूह जी अन्तर्गत आज हुने अर्को खेलमा पाँच पटकको विश्व विजेता ब्राजिलले सर्बियाको सामना गर्नेछ । त्यसैगरी समूह एच मा आजै उरुग्वे र दक्षिण कोरिया तथा पोर्चुगल र घानाबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार  ६ : ४४ बजे

बुढीगण्डकीको बाढीले शान्ति बजारका घर डुबानमा

गोरखा- बुढीगण्डकी नदीमा आएको बाढीले गोरखाको आरुघाट गाउँपालिका–५ स्थित शान्ति बजार

रुससँग डिजेल सम्झौतापछि ट्रम्प-जेलेन्स्की विवाद चर्कियो, ट्रम्पले मागे युक्रेनमा नयाँ नेतृत्व

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई हटाएर

बेत्रावतीस्थित फलाकु खोलामा सेनाले बनाएको एक्रो बेलीब्रिज सञ्चालनमा (तस्बिरहरू)

काठमाडौं– रसुवाको भोटेकोशी क्षेत्रमा भदौ १० गते आएको भीषण बाढीका

चलचित्र ‘३६ को आँकडा’को ‘बहुलाउँछु कि क्या हो ?’ गीत सार्वजनिक

काठमाडौँ– अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’को गीत

वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद, कमाउँछन् वार्षिक एक लाख ५० हजार

भोजपुर– वैदेशिक रोजगारीबाट फर्किएपछि पुनः विदेश जाने सोच बनाउने युवाका लागि