विश्व इतिहासमा आजः ब्रिटीश र जर्मनीका सेनाबीच क्रिसमस सम्झौतादेखि लिबिया स्वतन्त्रसम्म « Khabarhub

विश्व इतिहासमा आजः ब्रिटीश र जर्मनीका सेनाबीच क्रिसमस सम्झौतादेखि लिबिया स्वतन्त्रसम्म


९ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

आज सन् २०२२ को २४ डिसेम्बर। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाक्रमः

इटालीबाट लिबिया स्वतन्त्र
सन् १९५१ को २४ डिसेम्बर अर्थात आजकै दिन लिबिया इटालीबाट स्वतन्त्र भएको थियो। उत्तर अफ्रिकी देश लिबियालाई सन् १९१२ देखि इटालीले शासन गरेको थियो। स्वतन्त्र भएपछि तत्कालीन राजा इड्रिसको मातहतमा लिबिया संवैधानिक राजतन्त्रात्मक देश बनेको थियो। सन् १९६९ मा तत्कालीन कर्णेल मौमुर गद्दाफीको नेतृत्वको सेनाले कु गरी इड्रिसलाई पदमुक्त गरेको थियो।

ब्रिटीश र जर्मनीका सेनाबीच क्रिसमस सम्झौता
सन् १९१४ मा क्रिसमस सम्झौता सुरु भएको थियो।

प्रथम विश्वयुद्धको पश्चिमी मोर्चामा ब्रिटीश र जर्मनीका सेनाबीच अनौपचारिक र छोटो युद्धविराम भएको थियो। जसलाई इतिहासमा क्रिसमस ट्रुस भनिन्छ। शान्ति सम्झौताको अवधिमा दुबै पक्षका सेनाहरुले इसाई भजन गाउनुका साथै खानेकुरा र उपहार आदान प्रदान गरेका थिए। त्यस्तै दुबै पक्षबीच फुटबल खेल आयोजना भएको थियो।

कुल क्लक्स क्लान स्थापना
सन् १८६५ मा अतिवादी श्वेत सर्वोच्चतावादी संगठन कुल क्लक्स क्लानको स्थापना भएको थियो। सेनाका वरिष्ठ अधिकारीले न्युयोर्कको पुलास्की गाउँमाउक्त संगठन स्थापना गरेका थिए।

अमेरिकाको मिलट्री एकेडेमीमा दंगा
सन् १८२६ मा अमेरिकाको न्युयोर्कस्थित मिलट्री एकेडेमीमा दंगा भड्किएको थियो। ग्रग म्युटिनी भनिने सो दंगा तस्कर गरिएको ह्विस्कीसँग ठूलो परिणाममा एगनोग (दुध, क्रिम, चिनी र अन्डाबाट बनेको परिकार) सेनाका जवानले सेवन गरेपछि दंगा भड्किएको थियो।

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  ६ : ४३ बजे

दीपेन्द्रसिंह ऐरीले क्यानडा सुपर ६० लिग खेल्ने : भ्यानकुभरले गर्‍यो अनुबन्ध

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी क्यानडामा

विश्वकप लिग-२: पहिलो खेलमा आज नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलाका लागि

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल साउन ५ गते मंगलबार सन् २०२६

आज २०८३ साल साउन ५ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ५ गते मंगलबार सन् २०२६