‘बुढाथोकी’ को बसपार्क सुधार्ने अभियान « Khabarhub

‘बुढाथोकी’ को बसपार्क सुधार्ने अभियान


९ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

दाङ – तुलसीपुरका व्यवसायी निमबहादुर बुढाथोकी बिहान झिस्मिसेमा कुचो बोक्छन्, अनि बसपार्क पुग्छन्। उनी प्रत्येक शनिबार तुलसीपुर बसपार्कमा सरसफाइ गर्छन्। तर उनी बसपार्क सफा गर्ने कर्मचारी होइनन्। सामाजिक उत्तर दायित्व बहन गर्दै उनले हप्ताको एक पटक बसपार्क पुगेर सरसफाइ गर्ने गरेका छन्। यसरी बसपार्क सरसफाइ गर्न लागेको दुई वर्ष भयो।

तुलसीपुर बसपार्क फोहर थियो। अव्यवस्थित रुपमा फोहर फालिएको थियो। तर, कसैले पनि त्यो फोहर उठाउँदैनथे। त्यसैले पनि उनी सरसफाइ गर्न कर्मचारी नै हुनु पर्दैन, आफैँ पनि सरसफाइ गर्न सकिन्छ, भनेर लागे। “बसपार्क सरसफाइ गर्न कसैले पनि ध्यान दिएको देखिएन, सबै फोहरैफोहर थियो”, उनले भने।

फोहर सफा गर्नुपर्छ भन्ने सन्देश दिन उनले काम थालेका हुन्। उनले केही डस्टबिन त्यहाँ राखे र फोहर राख्न अनुरोध गरे। “मैले आफैँ सधैँ सफा गर्न सम्भव पनि हुँदैन, म आफैँ व्यवसायी पनि हुँ, त्यसैले शनिबारको समय मिलाएर सरसफाइ गर्न थालेको हुँ”, उनले भने, “यसले बसपार्क सरसफाइ गर्न धेरै मद्दत पुगेको थियो।” उनी तुलसीपुर बसपार्कस्थित बुढाथोकी सप्लायर्सको सञ्चालक पनि हुन्।

विसं २०७७ फागुनदेखि उनले नियमित प्रत्येक हप्ता सरसफाइ गर्न थालेका हुन्। सुरुमा एक्लै सरसफाइ गरे पनि पछि उनको त्यो कामलाई सहयोग गर्न अरु पनि थपिएपछि झनै सहज भयो। “६३ हप्तासम्म एक्लै सरसफाइ गरेँ”, उनले भने, “त्यसपछि केही साथीहरु थपिनुभयो।”

बसपर्क क्षेत्र धेरै नै फोहर भएपछि आफू पनि यो अभियानमा जोडिएको तुलसीपुरका राजु विकले भने। “पहिले दाइलाई एक्लै सरसफाइ गरेको देख्यौँ, त्यसपछि हामी सरसफाइ गर्नुपर्छ, भनेर लाग्यौँ”, उनले भने, “हामीले सचेतना फैलाउने हो।” विक अहिले कक्षा ११ मा सेन्टर स्कुल अध्ययनरत छन्।

अहिले पाँच जनाले प्रत्येक शनिबार बसपार्क सरसफाइ गर्दै आएका छन्। यातायात व्यवसायी टङ्क विक भन्छन्, “पहिले निकै फोहर हुने गथ्र्यो, अहिले नियमित उहाँहरुले सफा गर्न थालेपछि बसपार्क सफा हुँदै गएको छ।” उनीहरुले फोहर एक ठाउँमा राखेपछि त्यो फोहर लिन उपमहानगरपालिकाको गाडी आउँछ।

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  ८ : १५ बजे

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल