‘ज्येष्ठ नागरिकको स्वास्थ्यमा पहुँच पुर्‍याउन स्वास्थ्य प्रणाली सुधारको प्रयास’ « Khabarhub

‘ज्येष्ठ नागरिकको स्वास्थ्यमा पहुँच पुर्‍याउन स्वास्थ्य प्रणाली सुधारको प्रयास’


९ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले ज्येष्ठ नागरिकको स्वास्थ्यमा पहुँच सुनिश्चित गर्न स्वास्थ्य प्रणालीलाई सुधारको प्रयास गरिरहेको बताएका छन् ।

शनिबार ललितपुरको बाँडेगाउँमा पूर्व प्रधानमन्त्री एवम् सन्त नेता कृष्णप्रसाद भट्टराईको स्मरणमा आयोजित किसुनजी जेष्ठ नागरिक स्वास्थ्य सेवा राष्ट्रिय अभियानको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले ज्येष्ठ नागरिकको उपचारका लागि स्वास्थ्य पूर्वाधारमा ध्यान दिनुपर्ने आवश्यक रहेको भन्दै स्वास्थ्यमा पहुँच सुनिश्चित गर्न सरकार प्रतिवद्ध रहेको बताए ।

उनले प्रदेशका कम्तीमा एक अस्पतालमा जेष्ठ नागरिकको विशेषज्ञ उपचार सेवा प्रदान गरिने जानकारी दिए ।  किसुनजी ज्येष्ठ नागरिक स्वास्थ्य सेवा अभियान सुरु भएको कुरा सुन्दा अत्यन्त खुसी लागेको भन्दै उनले अभियानले ज्येष्ठ नागरिकको जीवन, सहज, सुरक्षित, सम्मानित र सुनिश्चित गरी सामाजिक न्यायको प्रत्याभूति दिलाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

सरकारले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षालाई देशभर बढाउन सरकारले बजेटमा ६५ वर्ष नाघेकालाई वृद्ध भत्ता दिने व्यवस्था गरेको उनको भनाइ छ । नेपालको लोकतन्त्रको बहालीका लागि किसुनजीले खेलेको भूमिकाको स्मरण गर्दै अग्रज नेताहरूसंग काम गर्न पाउनु आफ्ना लागि गौरवको विषय भएको जिकिर गरे ।

जेष्ठ नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज र समतामूलक पहुँच सुनिश्चित गर्ने उद्देश्यले जेरियाट्रिक सोसाइटी अफ नेपाल, पुण्यार्जन फाउण्डेशन र सन्त नेता कृष्ण प्रसाद भट्टराई प्रतिष्ठानको साझेदारी तथा नेपाल सरकारको समन्वयमा किशुनजी जेष्ठ नागरिक स्वास्थ्य सेवा राष्ट्रिय अभियान शुभारम्भ गरिएको हो । 

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  १ : ५१ बजे

विद्यार्थीलाई न्यानो कपडा वितरण

खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको मुडेस्थित सिद्धेश्वरी आधारभूत विद्यालयका

परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता 

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले नेपालमा हालै आएको बाढीबाट प्रभावित क्षेत्रको

राहुघाट जलविद्युत आयोजना निर्माणको १६ वर्षे यात्रा : असफल ठेक्कादेखि परीक्षण उत्पादनसम्म

म्याग्दी– म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना सुरु भएको डेढ दशकको

सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह

नुवाकोट– भोटेकोशी बाढीबाट भएको क्षतिको अवस्थाबारे जानकारी लिन बुधबार नुवाकोट

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ