बाराबाट नक्कली नोटसहित तीन जना पक्राउ | Khabarhub Khabarhub

बाराबाट नक्कली नोटसहित तीन जना पक्राउ


९ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाराको आदर्शकोतवाल गाउँपालिका-६ हरनैया चोकबाट नक्कली नेपाली नोटसहित तीन जना पक्राउ परेका छन् । प्रहरीले नेपाली एक हजार रुपैयाँ दरको नक्कली नोटसहित उनीहरूलाई पक्राउ गरेको हो ।

३ सय ४० थान नक्कली नोटसहित सोही गाउँपालिका-६ पटेर्वा बस्ने २१ वर्षीय रामसिनाही कुर्मीसमेत ३ जनालाई शुक्रबार दिउँसो पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । 

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुर र इलाका प्रहरी कार्यालय महेन्द्रआदर्शबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नक्कली नोट र २ वटा भारतीय नम्बरको मोटरसाइकलसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  ५ : ३४ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका