गाउँपालिकाको केन्द्र नै विद्युत्विहीन « Khabarhub

गाउँपालिकाको केन्द्र नै विद्युत्विहीन


९ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

दिपायल– सरकारले लोडसेडिङमुक्त देश भने पनि देशका केही स्थानमा अझै पनि बिजुलीको पहुँच पुग्न सकेको छैन । डोटीको बडिकेदार गाउँपालिकाको केन्द्रमा हालसम्म पनि विद्युत् पुग्न नसकेको हो । 

स्थानीय सरकार स्थापना भएको करिब छ वर्ष बितिसक्दा पनि गाउँपालिकाको केन्द्र खड्यौलीमा विद्युत् प्रसरण लाइन पुग्न सकेको छैन । गाउँपालिका-१ बिपीनगरस्थित कापडी गाडमा विद्युत्गृह निर्माण गरिए पनि अहिलेसम्म पालिकाका सबै वडामा विद्युत् विस्तार हुनसकेको छैन ।

कृषि क्षेत्रको उर्वरभूमि मानिएको बडिकेदारमा विद्युत् सेवा नहुँदा फलफूलसँगै तरकारीका भण्डारका लागि तयार शीतभण्डार उपयोग हुन नसकेको बडिकेदार गाउँपालिका-२ का स्थानीय व्यापारी खड्क मौनीले बताए।

नेपाल विद्युत् प्राधिकरणले पालिकामा राष्ट्रिय प्रसारणको विद्युत् सेवा विस्तारका लागि दुई वर्षअघि बोलपत्र आह्वान गरेको थियो । तार तान्ने र पोल हाल्न सुरु गरे पनि गाउँपालिकाको कुनै पनि वडामा विद्युत् लाइन नपुगेको बडिकेदार गाउँपालिका-५ का प्रकाश मल्लको भनाइ छ । 

बडिकेदार गाउँपालिकाको हाल वडा नं १ बिपिनगरमा रहेको विद्युत् सेवालाई थप प्रभावकारी बनाउँदै गाउँपालिकाको केन्द्रसँगै वडा नं १, २, ३, ४ र ५ वडामा विस्तार गरिने बडिकेदार गाउँपालिकाका अध्यक्ष भैरवबहादुर साउदले बताए । ‘आगामी पाचँ वर्षमा सबै वडामा बिजुली विस्तार हुन्छ’, उनले भने । 

विद्युत् प्राधिकरण दिपायल कार्यालयका प्रमुख राजेन्द्र लालदेवले बडिकेदार गाउँपालिकामा विद्युत् विस्तारका लागि ३१ करोड ४४ लाख ९४ हजार लागत लाग्ने विवरण पेस गरे पनि १२ करोड मात्रै विनियोजित गरेको बताए ।

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  ७ : २५ बजे

हातेट्रयाक्टरको प्रयोग बढेसँगै गोरु पाल्ने चलन घट्दै

भोजपुर– खेतबारी खनजोत गर्न हातेट्रयाक्टरको प्रयोग बढेसँगै भोजपुरका गाउँघरमा गोरु

साउदीमा हुथी आक्रमण : एक नेपालीको मृत्यु, तीन घाइते

काठमाडौँ– साउदी अरबमा पछिल्लो समय भएका आक्रमणमा परी एक नेपाली

रासायनिक हतियारमुक्त विश्व निर्माण गर्ने नेपालको प्रतिबद्धता

काठमाडौँ- नेपालले रासायनिक हतियारमुक्त विश्व निर्माणका लागि आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै रासायनिक

हेंवाखोलामा डाइभर्सन नबन्दा आठ महिनादेखि यातायात प्रभावित

पाँचथर- निर्माणाधीन तमोर करिडोर सडकअन्तर्गत पाँचथरको हेंवाखोलामा डाइभर्सन निर्माण नहुँदा आठ

चीन भ्रमण सकेर रास्वपा प्रतिनिधिमण्डल स्वदेश फर्कियो

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमण सकेर