बतास समूहलाई धर्मशाला भाडामा दिने निर्णय खारेज | Khabarhub Khabarhub

बतास समूहलाई धर्मशाला भाडामा दिने निर्णय खारेज


११ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बतास समूहको होटेल आनन्द प्रालिलाई तिलगंगामा रहेको धर्मशाला भाडामा दिने निर्णय खारेज भएको छ । पशुपति विकास कोषको आजको बैठकले धर्मशाला भाडामा दिने निर्णय खारेज गरेको हो ।

कोषको सञ्चालक परिषद्को बैठकले धर्मशाला भाडामा दिएकोबारे छानबिन गर्न गठित समितिको प्रतिवेदन अनुमोदन गर्दै सम्झौता रद्द गर्ने निर्णय गरेको हो ।

समितिको प्रतिवेदन बैठकले अनुमोदन गरेको बताउँदै कोषका कोषाध्यक्ष नारायण सुबेदीले आनन्द होटेललाई धर्मशाला भाडामा दिने अघिल्लो पदाधिकारीको निर्णय खारेज भएको बताए ।

२०७५ मङ्सिर २७ मा बतास समूहको आनन्द होटेललाई भारत सरकारको सहयोगमा बनेको धर्मशाला भाडामा दिने सहमति भए पनि सोबारे सञ्चालक परिषद्बाट निर्‌णय नभएको भन्दै बैठकले सम्झौता खारेज गर्ने निर्णय गरेको हो।

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  ८ : ३७ बजे

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख २१ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र