बतास समूहलाई धर्मशाला भाडामा दिने निर्णय खारेज « Khabarhub

बतास समूहलाई धर्मशाला भाडामा दिने निर्णय खारेज


११ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बतास समूहको होटेल आनन्द प्रालिलाई तिलगंगामा रहेको धर्मशाला भाडामा दिने निर्णय खारेज भएको छ । पशुपति विकास कोषको आजको बैठकले धर्मशाला भाडामा दिने निर्णय खारेज गरेको हो ।

कोषको सञ्चालक परिषद्को बैठकले धर्मशाला भाडामा दिएकोबारे छानबिन गर्न गठित समितिको प्रतिवेदन अनुमोदन गर्दै सम्झौता रद्द गर्ने निर्णय गरेको हो ।

समितिको प्रतिवेदन बैठकले अनुमोदन गरेको बताउँदै कोषका कोषाध्यक्ष नारायण सुबेदीले आनन्द होटेललाई धर्मशाला भाडामा दिने अघिल्लो पदाधिकारीको निर्णय खारेज भएको बताए ।

२०७५ मङ्सिर २७ मा बतास समूहको आनन्द होटेललाई भारत सरकारको सहयोगमा बनेको धर्मशाला भाडामा दिने सहमति भए पनि सोबारे सञ्चालक परिषद्बाट निर्‌णय नभएको भन्दै बैठकले सम्झौता खारेज गर्ने निर्णय गरेको हो।

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  ८ : ३७ बजे

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले

विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छ : सञ्चारमन्त्री

ललितपुर – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले विज्ञापन क्षेत्रलाई

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौं – सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप

भव्य रह्यो ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ को अडिसन

काठमाडौं – राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’ को