कर्णाली प्रदेशमा ३ सय ४८ प्रहरी पुरस्कृत, १ सय ५८ जनालाई सजाय « Khabarhub

कर्णाली प्रदेशमा ३ सय ४८ प्रहरी पुरस्कृत, १ सय ५८ जनालाई सजाय


११ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– कर्णाली प्रदेशमा ३ सय ४८ जना प्रहरी पुरस्कृत र १ सय ५८ जनालाई सजाय गरिएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले सार्वजानिक गरेको अर्ध वार्षिक प्रगति प्रतिवेदनमा जनाइए अनुसार प्रदेशमा ३ सय ४८ प्रहरी पुरस्कृत भएका हुन् ।

यस्तै विभिन्न निकायहरुको समन्वयमा विभिन्न स्थानमा ४४ थान सिसिटिभी जडान तथा ४० वटा मर्मत गरी कुल २४५ स्थानमा सिसिटिभीको व्यवस्था गरिएको छ । अवैध हातहतियार २४ नाल बरामद र १५ जना पक्राउ गरिएको प्रदेश प्रहरी प्रवक्ता राजेन्द्रसिंह खड्काले बताए ।

‘६ महिनामा अवैध घरेलु मदिरा २२ हजार १९८ लिटर बरामद गरी नष्ट गरेका छौँ । अवैध रुपमा जुवा तास खेल्ने ११ स्थानबाट ८४ जनालाई पक्राउ गरी कारवाही गरिएको छ’ उनले भने ।

प्रहरीले गरेको सफल काम

बिभिन्न मुद्दाका फरार अपराधिहरु १४१ जनालाई पक्राउ गरी कुल ७३ वर्ष ९ महिना २८ दिन कैद सजाय भुक्तान र १६ लाख १० हजार ८९० रुपियाँ जरिवाना संकलन गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । लागुऔषध दुर्व्यसनी तथा अवैध वेचविखन गर्ने गत वर्षको ६ महिनामा ३५ जना रहेकोमा यस वर्ष ९० जनालाई पक्राउ गरी ५९ ग्राम ३३३ मिलिग्राम ब्राउन सुगर, १ किलो २१३ ग्राम चरेश बरामद गरी कारवाही गरिएको जनएको छ ।

ट्राफिक दुर्घटनाको दरमा न्यूनीकरणको लागि ट्राफिक जनचेतनामूलक कार्यक्रम ७६७ पटक सञ्चालन गरी कुल ६६ लाख ९ हजार ७९० जना लाभान्वित भएका छन् । प्रदेशमा सो अवधिमा सवारी दुर्घटना २०३ वटा भएको थियो । सवारी दुर्घटनामा परी ११८ जनाको मृत्यु र घाइते ५१५ जना भएको जनाइएको छ ।

ट्राफिक नियम उल्लङ्घन विरुद्धको कारबाही संख्या २० हजार ५०१ वटा रहेको छ । यसबाट राजस्व संकलन .१ करोड ७१ लाख ९७ हजार ५ सय रुपियाँ भएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विभिन्न जिल्लामा विभिन्न किसिमका लागुऔषध, घरेलु हिंसा, लगायत न्यूनिकरणको लागि जनचेतनामूलक कार्यक्रम ३ हजार ५७९ वटा भएका छन् ।

यसबाट लाभान्वित ३ लाख ४९ हजार ३७९ जना व्यक्ति भएका छन् ।

गत आवको यस अवधिमा अवैध भन्सार छलिका सामान बरामद नभएको र चालु आर्थिक वर्ष ०७८/०७९ को ६ महिनामा रु १ लाख ३४ हजार ५६४ रुपियाँ बराबरको लत्ताकपडा, सुर्तीजन्य र खाद्यान्न सामान र ११ जना व्यक्तिलाई अवैध भन्सार छलिका सामान सहित पक्राउ गरी राजश्व अनुसन्धान कार्यालयमा बुझाएको प्रदेश प्रहरीले जनाएको छ ।

अवैध वन्यजन्तु तथा वन पैदावार चोरी निकासी बरामद ओखेटोपहार र बन पैदावारको विवरण २७३ दशमलव ६९ क्यूफिट काठ, यार्सागुम्बा ५ किलो ३ सय ग्राम, रेडपाण्डाको छाला ४ थान, कस्तुरीको बिना ४ थान , सालकको खप्पर १ थान र मानिस १८ जनालाई पक्राउ गरिएको आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा पठाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

अवैध जडिबुटी जटामासी ५ बोरा, कटुकी १३ बोरा, खिरौला १२ बोरा र जिम्बु ३०१ किलो बरामद गरिएको प्रहरीले जनाएको छ । नदीजन्य तथा खानीजन्य प्राकृतिक श्रोतहरूको गैरकानुनी उत्खनन तथा ओसारपसार गर्ने सवारी साधन ५८ वटा, ५१ जनालाई नियन्त्रणमा लिई २ लाख ४० हजार ५७० रुपियाँ राजश्व संकलन गरिएको छ ।

प्रहरी कर्मचारी परिवार, पूर्व प्रहरी कर्मचारी र सर्वसाधारण र मुगुका अग्नि पीडिततलाई लक्षित गरी कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालय सुर्खेत र सुपथ मेडिकल हलको समन्वयमा २ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री कालिकोट र मुगुमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको प्रदेश प्रहरीले जनाएको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रण गर्न समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत तपाईको मास्क खोई कार्यक्रम कर्णाली प्रदेशका १० जिल्लामा सञ्चालन भइरहेका छन् ।

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  ९ : १९ बजे

चितवन राष्ट्रिय निकुञ्जमा तालिमप्राप्त कुकुर परिचालन

चितवन– चितवन राष्ट्रिय निकुञ्जले सुरक्षाका लागि प्रविधिको प्रयोगमा ल्याएको छ

सडक सुरक्षालाई थप सुदृढ बनाउन निर्देशन

कर्णाली– कर्णाली प्रदेशको सडक सुरक्षालाई प्रभावकारी बनाउन ट्राफिक व्यवस्थापन कार्यालय

के सबै पुरुष ‘बलात्कारी’ हुन् ?

घरमा पूजा थियो । टाढा-टाढाका पाहुना आएका थिए । वर्षौवर्ष

पदयात्रीले पथप्रदर्शक लिएर जानुपर्ने व्यवस्था

काठमाडौँ– सरकारले देशका विभिन्न १३ जिल्लामा तोकिएबमोजिम निषेधित क्षेत्रमा पदयात्रामा

जिल्ला अस्पताल बैतडीमा हाडजोर्नीको जटिल शल्यक्रिया सुरु

बैतडी– जिल्ला अस्पताल बैतडीमा हाडजोर्नीको जटिल शल्यक्रिया सेवा सुरु भएको