भिजिट भिसामा खाडी जाँदा भोग्नुपर्ने समस्या अध्ययन गर्न सात सदस्यीय समिति गठन | Khabarhub Khabarhub

भिजिट भिसामा खाडी जाँदा भोग्नुपर्ने समस्या अध्ययन गर्न सात सदस्यीय समिति गठन


११ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले भिजिट भिसामा खाडी मुलुकमा पुगि भोग्नु परेका समस्या र तिनको समाधानका लागि योजना पेस गर्न सात सदस्यीय समिति गठन गरेको छ ।

मंगलबार गृह मन्त्रालयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न निकायको समन्वयात्मक परिचालन र व्यवस्थापन तथा विदेशमा जाने नेपालीहरूका श्रमजन्य गतिविधि र श्रमका लागि भिजिट भिसाको प्रयोग, अध्यागमन प्रणाली र विदेशमा कार्यरत नेपालीहरूका समस्या समाधानबारे छलफल भएको थियो ।

त्यसका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ, परराष्ट्रसचिव भरतराज पौड्याल, सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपाने, गृहसचिव टेकनारायण पाण्डेसहित सरोकारवाला सरकारी निकायहरूको बैठक बसेको थियो।

उक्त बैठकले नेपाली युवाहरू भिजिट भिसा प्रयोग गरी दुबईलगायतका खाडी मुलुकमा गई भोग्नु परेका विभिन्न कठिनाई र त्यसबारे देखिएका समस्या समाधान गर्न ठोस कार्यान्वयनको योजना पेस गर्न गृहमन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको छ ।

कोरोना संक्रमण बढिरहँदा पछिल्लो समय सरकारले मलेसिया सहितका खाडी मुलुकमा भिजिट भिसामा जान रोक समेत लगाएको छ ।

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  ९ : ३० बजे

दशैँमा पिङको परम्परा : आत्मबल बढाउने सूत्र

नेपाल सांस्कृतिक, बहुधार्मिक र परम्पराले युक्त भएको देश हो। यहाँ

राष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई टीका लगाइदिने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी दिन आज सर्वसाधारणलाई टीका

मनसुनी र पश्चिमी वायुको प्रभाव, थोरै भूभागमा वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कोशी

धार्मिक ग्रन्थमा कतै पनि काटमार उल्लेख छैन

दशैँसँगै बलिको बहस प्रारम्भ हुन्छ। शुक्ल प्रतिपदा घटस्थापनामा जमरा राखी

दशैँमा बाध्यताले मुलुक छाड्ने अधिकांशका आँखामा आँसु

काठमाडौं – “एक दिन मात्रै भए पनि बिदा थपिदिनुस् न