‘टीभीएस ६ प्राइजको सप्राइज’ को बम्पर उपहार विनोद मानन्धरलाई « Khabarhub

‘टीभीएस ६ प्राइजको सप्राइज’ को बम्पर उपहार विनोद मानन्धरलाई


११ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– टीभीएसद्वारा नेपालीहरुको महान् चाड दशैँ, तिहार र छठ लक्षित गर्दै ल्याइएको टीभीएस ६ प्राइजको सप्राइजको बम्पर उपहार भक्तपुरका विनोद मानन्धरले जितेका छन् ।

भदौ १६ गतेबाट सुरु भई मंसिर १४ सम्म चलेको उक्त उपहार योजनामा टीभीएसका मोटरसाइकल तथा स्कुटर खरिदमा विभिन्न आकर्षक उपहारको व्यवस्था थियो । यस कार्यक्रम अन्तर्गत बम्पर उपहारमा प्रोटोन सागा कार रहेको थियो । उक्त कारका बिजेता मानन्धर बनेका थिए । उनले टीभीएस एन्टीओआरक्वीयू आर्टी एफआई मोटरसाइकल किनेका थिए । आज हिमालयन टिभीमार्फत उक्त घोषणा गरिएको थियो ।

त्यस्तै यस उपहार योजना अन्तर्गत हरेक हप्ता १०० प्रतिशत क्यासब्याक उपहार पनि रहेको थियो । १०० प्रतिशत क्यासब्याक उपहार सकिन धोबी, रबिन्द्र दंगौरा, प्रज्ञा केसी, कुमार कार्की, राजकुमार खरेल, सरस्वती चंद, कृष्णप्रसाद भट्टराई र केशवकुमार रावलले जितेका थिए । साथै खड्गी माया आङ्ग्देम्बे र बिना नेम्बाङ्गले टीभीएस ६ प्राइजको सप्राइज अन्तर्गत आरआर ३१० जितेका थिए । योजना अवधिभरी सम्पूर्ण बिजेताको छनौट प्रत्यक्ष गोलाप्रथामार्फत हरेक शुक्रवार साँझ ६ः४५ बजे हिमालयन टिभीबाट प्रशारण भएकाे थियो ।

जगदम्बा मोटर्स प्रा.लि. नेपालमा टीभीएस टू–ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरक हो । नेपालभर १४५ भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरुको मनमस्तिष्कमा स्थान जमाउन सक्षम भएको छ ।

गुणस्तरीय उत्पादनहरु, बिक्री पश्चातको व्यापक सेवा र देशभरमा जगेडा पार्टपुर्जाहरुको उपलब्धतामार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टीभीएस नेपालको सबैभन्दा ज्यादा रुचाइएको टू–ह्वीलर ब्राण्ड बनेको छ ।

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  ९ : ५५ बजे

एमालेले आज काठमाडौंमा जनप्रदर्शन र सभा गर्दै

काठमाडौं– नेकपा एमालेले आज काठमाडौंमा जनप्रदर्शन र जनसभा गर्ने भएको

आईसीसी महिला टी–२० : थाइल्याण्डविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल र थाइल्याण्ड

पार्टीको आधिकारिकता दाबी गर्दै कांग्रेसको देउवा समूह आज सर्वोच्च जाँदै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि

तन्नेरीको काँधमा कांग्रेस

आम नेपाली जनताले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई राम्रै भनेका थिए ।

काठमाडौंको मेयरबाट राजीनामा दिँदै बालेन : आजै रास्वपा बैठकमा सहभागी हुने

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आज पदबाट