‘टीभीएस ६ प्राइजको सप्राइज’ को बम्पर उपहार विनोद मानन्धरलाई « Khabarhub

‘टीभीएस ६ प्राइजको सप्राइज’ को बम्पर उपहार विनोद मानन्धरलाई


११ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– टीभीएसद्वारा नेपालीहरुको महान् चाड दशैँ, तिहार र छठ लक्षित गर्दै ल्याइएको टीभीएस ६ प्राइजको सप्राइजको बम्पर उपहार भक्तपुरका विनोद मानन्धरले जितेका छन् ।

भदौ १६ गतेबाट सुरु भई मंसिर १४ सम्म चलेको उक्त उपहार योजनामा टीभीएसका मोटरसाइकल तथा स्कुटर खरिदमा विभिन्न आकर्षक उपहारको व्यवस्था थियो । यस कार्यक्रम अन्तर्गत बम्पर उपहारमा प्रोटोन सागा कार रहेको थियो । उक्त कारका बिजेता मानन्धर बनेका थिए । उनले टीभीएस एन्टीओआरक्वीयू आर्टी एफआई मोटरसाइकल किनेका थिए । आज हिमालयन टिभीमार्फत उक्त घोषणा गरिएको थियो ।

त्यस्तै यस उपहार योजना अन्तर्गत हरेक हप्ता १०० प्रतिशत क्यासब्याक उपहार पनि रहेको थियो । १०० प्रतिशत क्यासब्याक उपहार सकिन धोबी, रबिन्द्र दंगौरा, प्रज्ञा केसी, कुमार कार्की, राजकुमार खरेल, सरस्वती चंद, कृष्णप्रसाद भट्टराई र केशवकुमार रावलले जितेका थिए । साथै खड्गी माया आङ्ग्देम्बे र बिना नेम्बाङ्गले टीभीएस ६ प्राइजको सप्राइज अन्तर्गत आरआर ३१० जितेका थिए । योजना अवधिभरी सम्पूर्ण बिजेताको छनौट प्रत्यक्ष गोलाप्रथामार्फत हरेक शुक्रवार साँझ ६ः४५ बजे हिमालयन टिभीबाट प्रशारण भएकाे थियो ।

जगदम्बा मोटर्स प्रा.लि. नेपालमा टीभीएस टू–ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरक हो । नेपालभर १४५ भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरुको मनमस्तिष्कमा स्थान जमाउन सक्षम भएको छ ।

गुणस्तरीय उत्पादनहरु, बिक्री पश्चातको व्यापक सेवा र देशभरमा जगेडा पार्टपुर्जाहरुको उपलब्धतामार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टीभीएस नेपालको सबैभन्दा ज्यादा रुचाइएको टू–ह्वीलर ब्राण्ड बनेको छ ।

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  ९ : ५५ बजे

विपद् प्रभावित जलविद्युत आयोजनाको उद्धारबारे सुरक्षा निकायको ब्रिफिङ

काठमाडौं– रसुवा बाढीका कारण प्रभावित जलविद्युत आयोजनाका सुरुङमा भइरहेको खोज

राष्ट्रपति पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार दिउँसो राष्ट्रका नाममा सम्बोधन गर्ने

मेक्सिकोमा पटाका विस्फोट हुँदा १० जनाको मृत्यु, ६४ घाइते

मेक्सिको- मेक्सिकोको मध्य क्षेत्रमा रहेको मेक्सिको राज्यको टेमास्काल्सिङ्गो नगरपालिकामा धार्मिक पर्वका

दुई नायिकाको फ्लप डेब्यू

काठमाडौं – नायिकाको प्राइम करिअर ओझेलमा परेपछि प्रियंका कार्की र

पाक्नै लागेको धानबाली नष्ट, भक्तपुरका किसान दुःखी

भक्तपुर– गए राति परेको अविरल वर्षाका कारण पाक्नै लागेको धानबालीमा